काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि कुनै कारबाही नगरिएको स्पष्ट पारेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले कार्कीमाथि कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै गरिएको दाबी गरेका हुन्।
कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको विषय सार्वजनिक भएपछि सरकारले यस्तो स्पष्टीकरण दिएको हो।
सरकारले यसलाई कारबाही नभई जिम्मेवारी परिवर्तनका रूपमा व्याख्या गरेको छ।
Facebook Comments Box

