दाङ । दोहोरो जग्गा श्रेस्ता हटाउने प्रक्रियामा जग्गाधनीको मागबमोजिम बाँके प्रहरीको समन्वयमा दाङ प्रहरीले उपस्थित गराएपछि घोराही–७ सौडियार घर भई हाल नेपालगञ्ज बसपार्क नजिक बस्दै आएका दिलीप थापाले आफ्नो नाममा रहेको जग्गा श्रेस्ता हटाउन सनाखतसहितको कागज गरेका छन्।
थापाले मालपोत कार्यालय घोराहीमा बिक्री भएको उक्त जग्गा आफ्नो नरहेको भन्दै आफ्नो नाममा रहेको श्रेस्ता हटाइदिन सहमति जनाएका हुन्।
जग्गाधनीको मागअनुसार प्रहरीले आवश्यक समन्वय गरी थापालाई उपस्थित गराएको थियो। त्यसपछि उनले सम्बन्धित कार्यालयमा सनाखतसहितको कागजात पेस गरेका हुन्।
यससँगै लामो समयदेखि दोहोरो श्रेस्ताका कारण उत्पन्न जग्गासम्बन्धी समस्या समाधानको प्रक्रियाले अघि बढ्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box

