काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।
उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिए।
सरकारले कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
प्रहरी नेतृत्वमा भएको यो फेरबदललाई अप्रत्याशित रूपमा हेरिएको छ।
Facebook Comments Box

