दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–४ दउ घर भएका नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट देवसिंह धामी रसुवामा आएको बाढीमा बेपत्ता भएका छन्।
श्रीनाथ गणमा कार्यरत धामी भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका थिए। अहिलेसम्म उनको अवस्था अज्ञात छ।
लामो समयसम्म खोजी गर्दा पनि लास वा सास भेटिने अवस्था नआएपछि परिवारले धामीको कुशको शव बनाएर हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्ने तयारी गरेको छ।
बुवा बलिभद्र धामीका अनुसार असोज ७ गते स्थानीय लाली आर्यघाटमा धामीको अन्त्येष्टि गरिनेछ।
बाढीले बेपत्ता बनाएका धामीको परिवारले अन्ततः उनलाई धार्मिक परम्पराअनुसार अन्तिम बिदाइ गर्ने तयारी गरेको हो।
Facebook Comments Box
