कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको कार्यसम्पादन मूल्यांकनमा वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्शन खड्का भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कार्यालयले कार्यसम्पादन, जिम्मेवारी निर्वाह तथा प्रहरी सेवामा गरेको योगदानका आधारमा खड्कालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो ।
उत्कृष्ट प्रहरी घोषित खड्कालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले प्रशंसापत्रसहित सम्मान गरेका छन् ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान प्रदान गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box
