सशस्त्र प्रहरी बल नेपालको २५औ स्थापना दिवसको अवसरमा धनुषाको धनौजि बिओपी मधेस प्रदेसभरिमा उत्कृष्ट गरि प्रथम स्थान हासिल गरेको छ।सशस्त्र प्रहरी बल नेपालले स्थापना दिवसको अवसरमा वार्षिकरुपमा उत्कृष्ट बिओपी छनोट गर्दे आएकोमा यश बर्ष ८०% भन्दा बढि नम्बर प्राप्त गरि मधेस प्रदेसको धनौजि बिओपी उत्कृष्ट भएको हो।सशस्त्र प्रहरी बल धनौजि बिओपीको प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा रहेको बिओपीले स्थानीय निकायसँगको समन्व्यमा नया मेन गेट निर्माण गरी रङ्गरोहन गरेको, कार्यालयमा फर्निचर, सोफासेट, टेवल, कार्पेट लगायतको फर्निचर सामानको व्यवस्था,कार्यालयमा ईनभर्टरको जडान,कार्यालयको पेरिमिटरमा पिकेट, कन्सर्टिना र बारबेर वायर , क्रल ट्रेन्च निर्माण बृक्षारोपण , माछा पोखरी निर्माण, खेल मैदान निर्माण, डिउटि पोस्टको निर्माण, मेनगेटमा लाईट जडान लगायतका कार्यालयको चाहिने आवशयक सामानहरु उपलब्ध गराई मधेस प्रदेसको प्रथम बनाउन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
निरीक्षक थापाको नितृत्वमा सिमा नाकामा कडाई गरि ६ महिनाको अवधिमा करिव ३९ लाख बराबरको अवैध सामान बरामद गरि भन्सार दाखिला गरि मधेश प्रदेशको उत्कृष्ट नमुना बि.ओ.पि बनाउन सफल भएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सशस्त्र प्रहरी निरिक्षक थापाको कमान्डमा धनुषाको धनौजी बिओपी मधेस प्रदेशको उत्कृष्ट घोषित
Facebook Comments Box
