कृष्ण यादव
९माघ २०८२, शुक्रबार
वीरगन्ज ८ माघ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ मा कडा प्रतिस्पर्धा देखिएको छ।
पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै गएको छ। सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहसले प्राथमिकता पाएको छ। दलहरूले उम्मेद्वार टुंग्याइसकेका छन्, नेता–कार्यकर्ता मैदानमा उत्रिएका छन् र मतदाताको मन जित्ने प्रतिस्पर्धा अब खुला रूपमा सुरु भइसकेको छ।
पर्सा जिल्ला क्षेत्र नम्बर २ मा पुर्व मन्त्री, सासंद र प्रदेश सभा सदस्य गरि एक दर्जनभन्दा बढी उम्मेदवारी परेको छ।
नेपाली काग्रेसबाट अजय चौरसिया,नेकपा एमालेका रिमा यादव,जसपा नेपालबाट अशोक टेमानी,नेपाल कम्युनिस्ट पार्टी( पुर्व माओवादी )का मनोज चौधरी,स्वतन्त्रबाट राजेश्वर प्रसाद तेली र रावस्पाबाट शुशिल साह कानु प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
.कांग्रेस : संगठन बलियो, उम्मेद्वार कमजोर?
नेपाली कांग्रेसका उम्मेद्वार अजय चौरसिया यश क्षेत्रको लागि नयाँ नाम होईनन्।यसअघि यही क्षेत्रको प्रतिनिधित्व गर्दै संसद पुगेका उनी अनुभवी नेता हुन्।उनी तीन पटकका सासंद र दुई पटक मन्त्री बनेका छन्।क्षेत्र नम्बर २ नेपाली काग्रेसको गण रहेपनि चौरसियाको हाई -प्रोफाइल छविका कारण व्यक्तिगत रूपमा उनको पार्टी भित्र नै बढी आलोचना हुँदै आएको छ।दुई पटक मन्त्री र तीन पटक सासंद भएपनि बिकासमा ठोस उपलब्धि देखाउन नसकेकोले जनताहमा लोकप्रियता घटदै गएको छ।चौरसिया २०७९ सालको निर्वाचनमा जित हासिल गरेका थिए ।चुनाव नजिकिँदै गर्दा मात्रै सक्रिय देखिन थालेका अधिकारीप्रति मतदाताको भरोसा कति बाँकी छ भन्ने प्रश्न निर्णायक बन्ने देखिन्छ।नेपाली काग्रेसका बाट २०७४मा प्रदेस सभा( क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका राजेश्वर साह तेलीको उम्मेदवारीले उनीलाई टाँऊको दुखाई बनेको छ।
नेकपा : संगठन कमजोर ,जेन्जी पुस्ताकी नयाँ महिला अनुहार तर संगठन भित्र नै आलोचित;जनतामा पकड कमजोर
नेकपा एमालेका उम्मेदवार रिमा यादव यश क्षेत्रको लागि नयाँ अनुहारको रुपमा रहेकी छिन्।मधेसीबादी दल छोडि उनी एमालेको टिकट बाट उम्मेदवार बनेका हुन्।पार्टी संगठन भित्र ठुलो पकड
नभएपनि सो क्षेत्रमा परिवारको पकड रहेको मतदाताहरुले बताउछन्।मधेसबादी दल छोडे एमालेबाट उम्मेदवार बनी अन्य पार्टीको उम्मेदवारलाई ठुलो चुनौती दिदै आएका हुन्।गर्दउनको चुनावमा विजय हासिल गर्न अलि सहज देखिए पनि उनी नेकपा एमाले पार्टीमा कहिले नाम नसुनेको र एक्कासी पार्टीले टिकेट दिएर चुनावमा लडाएको भन्दै केही एमालेका कार्यकर्ता र शुभचिन्तकहरु रुष्ट बनेका छन्। उहाँलाई पनि फाल्गुन २१ गतेको निर्वाचनमा विजय हासिल गर्न त्यति सजिलो देखिएको छैन ।
नेकपा : राजनीतिक अनुभवी , युवामा बलियो पकड र माधव नेपाल निकट
नेपाली कम्युनीष्ट पार्टीको तर्फबाट यस क्षेत्रमा युवा उम्मेदवार मनोज चौधरीले रहेका छन्।चौधरी पहिलो पटक निर्वाचन लड्दै छन ।उनि माधव नेपाल निकट छन भने चौधरी जम्मा ५१ वर्षका छन । उनी बिधार्थी काल देखी नै बामपन्थी राजनीतिबाट आफ्नो यात्रा शुरु गरेका हुन ।उनको परिवारिक पृष्ठ भुमि पनि बामपन्थी नै हो ।यस क्षेत्रमा उहाँको जातिको बाहुल्यता रहेको क्षेत्रको रुपमा मानिन्छ।
नेपाली कम्युनीष्ट पार्टीका यस क्षेत्रका उम्मेदवार युवा नेता मनोज चौधरी पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्।
उनि बिधार्थी काल देखि नै राजनीतिमा होमिएका एउटा सफल नेता पनी हुन ।
प्रचन्ड माधव नेपाल लगायतका पार्टी एकिकरण पछी पर्सामा अलिकता उनको पनि पकड यस क्षेत्रमा देखिए पनि उनि नेपाली कांग्रेसका दिग्गज नेता तथा राजनीतिकमा पुराना खेलाडीका रुपमा मानिएका उम्मेदवार अजय चौरसिया सँगको प्रतिस्पर्धामा रहेका छन्। त्यस कारण चौधरीलाई चुनाव जित्नका लागी अलिकता फलामको च्युरा चपाएको जस्तो देखिन्छ।
रास्वपा : युवा उत्साह र नयाँ राजनीतिक आशा तर रास्वपाको संगठन कमजोर र देशव्यापी लहर
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शुशिल शाह कानु छन्। साह वीरगन्ज महानगरपालिका वडा नम्वर १० का वडा अध्यक्षको पदवाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका छन्।कानु २०७४ सालको स्थानीय निर्वाचन पछी वीरगन्ज महानगरपालिकाको बोर्ड सदस्य समेत भैसकेका छन्। उनि ४० वर्षका रहेका छन्।अहिलेको वर्तमान राजनितीकमा देश भरि नै निकै रास्वपाको चर्च रहेकोले घण्टी बाजे मार्न सहज रहेको देखिएको छ।युवा नेता कानु
भाषणभन्दा काम, पदभन्दा अभियानलाई प्राथमिकता दिने उनको छविले युवामाझ राम्रो प्रभाव पारेको देखिन्छ।
तर, नयाँ दल भएकाले संगठन नै उनको मुख्य चुनौती हो।
जसपा नेपाल : नयाँ अनुहार,संगठन कमजोर तर व्यापारी पुष्ठ भूमी भएकोले पार्टी भित्र आलोचित
अशोक टेमानीले उम्मेदवारी दर्ता गराएका छन्। टेमानी एक असल उधोगी र व्यपारि पनि हुन्। उनले दिएको पर्सा जिल्लाको क्षेत्र नं २ मा मारवाडी समुदायका बहुल्यता रहेको क्षेत्रको रुपमा चिनिन्छ।२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा जसपा नेपाल पार्टीको तर्फबाट बिमल श्रिवास्तव निर्वाचित भएका थिए।त्यस कारण पनि उनि पनी प्रतिस्पर्धाको रुपमा टेमानीलाई लिन सकिन्छ।उनि पनि कांग्रेस एमाले रास्वपा नेपाली कम्युनीष्ट पार्टी राप्रपा लगायतका उम्मेदवारहरु भन्दा कम प्रतिस्पर्धा मा छैनन ।
स्वतन्त्र उम्मेदवार ;संगठन छैन तर मतदातामा पकड बलियो
त्यसैगरी कांग्रेसका वागी उम्मेदवार राजेश्वर साह तेलीले पनि पर्सा कै २ नम्वर क्षेत्रमा स्वतन्त्रवाट आफ्नो उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्।
तेली २०७४ सालको प्रदेश सभाको निर्वाचनबाट पर्सा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका थिए।
अहिले यि प्रतिनिधि सभाको उम्मेदवार हरु कोही कोही भन्दा प्रतिस्पर्धा कम देखिएका छैनन ।
प्रजातन्त्र पछि पर्सा जिल्लाको सबै क्षेत्र कांग्रेसको क्षेत्र भनेर चिनिने गरिन्थ्यो भने यस क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा अजय चौरसिया प्रचन्ड र माधव नेपाल गुटको गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए भने अहिले कांग्रेस कै वागी उम्मेदवार राजेश्वर साह तेलीले स्वतन्त्र उममेदवारी दिएर निर्वाचनमा ओर्लिए पछी चौरसियालाई आसन्न निर्वाचनमा चुनाव जित्न लगार्हो र समस्या हुने अवस्था देखिएको अडकल गर्न थालिएको छ ।
राप्रपा;राजनीतिक अनुभवी; संगठन कमजोर
राप्रपा पार्टीको तर्फबाट बिना जयसवालले पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छिन्।
जैसवाल २०७९ सालको निर्वाचनबाट समानुपातिक सांसद हुन्।
उनि २०७४ मा राप्रपाबाट स्थानीय निर्वाचनमा वीरगन्ज महानगरपालिकको उपमेयरमा चुनाव लडेका थिएन् । सासंद उम्मेदवारको रुपमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्।
७ धारको यस चुनावी भिडन्तमा अन्ततः एक जनामात्र संसद पुग्नेछन्। पुरानो समीकरण दोहोरिन्छ कि नयाँ इतिहास लेखिन्छ? यसको अन्तिम निर्णय अब पर्सा –२का मतदाताको हातमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पर्सा-२: सात जनाबिच मुख्य प्रतिस्पर्धा,कसको भाग्य चम्केला?एमाले र रावस्पामा कडा टक्कर काग्रेस लगाएत अन्य लडाईमा
Facebook Comments Box
