काठमाडौं । गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यसहित बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो ।
बैंकको गत कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो कार्यान्वयनमा ल्याइएको हो ।
परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचान झल्काउने विश्वास बैंकले लिएको छ ।
Facebook Comments Box
