काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका विभिन्न प्रस्तावहरू सर्वसम्मतिले स्वीकृत गरेको छ।
साधारण सभामा सहभागी शेयरधनीहरूले बैंकको प्रगति र भावी योजनाका बारेमा राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । ‘निरन्तर सहयात्रा’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा दिइरहेको यस बैंकले सातै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ।
हाल बैंकले देशका विभिन्न स्थानमा रहेका ८९ वटा शाखा कार्यालयहरू र एउटा विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधि सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ।
आगामी दिनमा ग्राहकको आवश्यकता अनुसार सेवालाई अझ परिष्कृत र प्रभावकारी बनाउने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।
