पर्सा क्षेत्र न.३ (क) का प्रदेश सान्सद त्तथा पुर्व मन्त्री माननीय प्रमोद जयसवालले जगरनाथपुर गाउपालिका वडा न. ६ को प्रसौनी गाउको दलित बस्तीमा आज आफ्नो जन्मदिन मनाएका छन। यस वडाका वडाध्यक्ष श्री अयोध्या प्रसाद पटेल र स्थानीय युवाहरुले जन्मदिन समारोहको आयोजना गर्नु भएको थियो।
दलित बस्तीका बालबालिका, महिला,युवा र प्रसौनी तथा बहुअरीका अन्य जनप्रतिनिधि र स्थानीय बासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो। पुर्वमन्त्री जयसवालले वडाध्यक्ष तथा स्थानीय बासीहरुलाई आफ्नो जन्मोत्सवलाई ऐतिहासिक बनाएकोमा धन्यवाद दिनु भएको थियो। यस अवसरमा सखुवा प्रसौनी वडा न. ६ का वडाध्यक्ष मुन्ना राउत कम्कर, सखुवा प्रसौनी वडा न. ५ का पुर्व वडाध्यक्ष रुपलाल यादव, युवा अगुवाहरु गोविन्द यादव, नन्दु पटेल, सन्देश यादव, निखिल गिरी, रामबाबु यादव, मुकेश साह, रामदिनेश पन्डित, बिरगन्ज महानगर पालिका २२ का युवा नेता सन्देश यादव, बहुदरमाई ७ का बिशाल यादव लगायतको सहभागिता रहेको थियो।
आफ्नो गाउमा जन्मदिन मनाउन आउनु भएका पुर्व मन्त्री जयसवाललाई वडाध्यक्ष र स्थानीयबासीहरुले भव्य स्वागत गर्दै मन्त्री जयसवालको सोचको प्रशन्सा गरेका थिए
