काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध अमर्यादित कमेन्ट गर्ने चारजनामाथि साइबर ब्युरोमा निवेदन दिएकी छन् ।
उनले फेसबुक र अन्य प्लेटफर्ममा आपत्तिजनक टिप्पणी गर्नेविरुद्ध कानुनी कारबाही मागेकी छन् ।
एलिनाले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै अभियान पनि चलाइरहेकी छन् ।
उनले माफी माग्नेहरूलाई माफी दिएकी भए पनि सुधार नआएकोलाई कानुनको सहारा लिने बताइन् ।
यस अभियानमा अन्य कलाकार र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन् ।
एलिना र समीक्षाले मानसिक दबाब र तनावका कारण १० दिन ब्रेक लिएर यो अभियान सुरु गरेको जानकारी दिइन् ।
Facebook Comments Box