काठमाडौं । जननेता स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन पर्साले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको सहयोगमर वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ श्रीसिया ड्राइपोर्ट मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। स्वास्थ्य शिविरले वीरगञ्जका वडा नम्बर २५, १७, २६, २४, र २३ का करिब एकहजार जनतालाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्य राखेको छ।
शिविरमा नाक, कान, दाँत, आँखा र फिजिसियन सम्बन्धी उपचार सेवाहरू प्रदान गरिएको छ ।
नेकपा एमाले वीरगन्ज महानगर कमिटिको समन्वयमा फाउण्डेशनका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सल्लाहाकार समिति सदस्य तथा वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगी रहेका थिए ।
कार्यक्रममा पार्टीका मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, महानगर अध्यक्ष नवराज शर्मा, महानगर सचिव लियाकत अलि, लेखा समिति अध्यक्ष अजय साह लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको युवा नेता पिन्टु उपाध्यायले जानकारी दिए ।
