काठमाडौं । टिकटक स्टार ह्यारी कार्कीसहितले अभिनीत ‘मेरा कञ्चनपुर’ बोलको नयाँ देउडा डिजे गीत सार्वजनिक भएको छ ।
पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा डोटेली भाषामा छोटो कमेडी भिडियो बनाएर भाईरल भएका कार्कीले अभिनय गरेको उक्त देडा डिजे गीत शुक्रवार सार्वजनिक भएको हो ।
उनले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । कार्कीकै शब्द रहेको गीतमा कुलेन्द्र परियारको लय तथा स्वर रहेको छ । उक्त गीतको भिडियोमा कार्कीसँगै मन्नु भट्ट, विनय चन्दले अभिनय गरेका छन् ।
रमेश बिजुली बिसीको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोमा सम्पादन शंकर साउँद र छायाङ्कन दया चौधरीले गरेका छन् ।
कैलाली कञ्चनपुरका रमणीय स्थल महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी, लगायतका स्थानमा छायाँकन गरिएको गीतको भिडियोको दृश्य निर्माण भने जुम प्रोडक्सनले गरेको छ ।
Mera Kanchanpur | Kulendra Pariyar | Harry Karki | Mannu Bhatta | | New Nepali Dj Deuda Song