काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक च्याम्पियन भएको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आइपिएल-२०२५ को रोमाञ्चक फाइनल खेलमा आरसीबीले पन्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक ट्रफी उचालेको हो।
पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । जवाफमा पन्जाब किंग्सले पूरा ओभर खेल्दै १८४ रन मात्र बनाउन सक्यो र उपाधि जित्नबाट चुक्यो ।
आरसीबीका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३५ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।
पन्जाब किंग्सका लागि बलिङतर्फ अर्शदीप सिंह र काइल जेमिसनले उत्कृष्ट प्रदर्शन गर्दै ३-३ विकेट लिएका थिए ।
Facebook Comments Box
