वीरगन्ज । once upon a time there was a judge has name was रत्न बहादुर बिष्ट उनले राजा महेन्द्रको हुकुमलाई बेवास्था गर्दै उनले तथ्य प्रमाणमा टेकेर न्याय निरुपन गरेको धेरै चर्चा उतिखेर अगोटेको थियो।
तर अब न्याय मूर्तिमा पर्सा जिल्लाका न्यायाधीश माधव प्रसाद घिमिरेको नाम आँउदा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का जियालाल साहको आङ्गनै सिरिङ्गहुने गरेको तथा उनको अनुहार नै यतिखेर कालो निलो हुने गरेको देख्ने सुत्नेहरु बग्रेल्ती बेटिन्छ।
पर्सा जिल्लाको माननीय जिल्ला न्यायाधीश श्री माधव प्रसाद घिमिरेले एक पछि अर्केा कानुनको धज्जी उडादै बिवादित फैसला गर्नमा तलिन रहेको तथ्य मूलक प्रमाणहरु यश दैनिकलाई पुन: प्राप्त भएको छ।
गत फागुन महिनाको १९ गते ४ नम्बर ईजलासको क्रम संख्या २ मा रहेको प्रतिबादी जियालाल साह तुरहाको चेक अनादर र त्यही मुद्दा संग सम्बन्धित बादी मुन्ना साह तुराहाको किर्ते जलसाजी मुद्दा र जियालाल साह तुरहाकाको पनि किर्ते जलसाजी मुद्दा र जियालाल साहको अर्को ठगी मुद्दामा समेत दाबी नपुग्ने गरि आफ्नो फैसलामा जिकिर लिएको भएपनि जियालाल साहको तत्कालीन सिबिल बैकका म्यानेजर अमर प्रसाद अमात्य माथि गरेको जाहेरी मुद्दामा न्यायाधीश माधव प्रसाद घिमिरेले दाबी पुग्ने गरि दिएको उनको त्यस दिनको फैसलाको कम्प्युटर प्रिन्ट यस अनलाईन संग सुरक्षित रहेको छ।
वीरगन्ज स्थित सिबिल बैकका कार्यालय हाल मर्जभई हिमालय बैकका प्रमुख जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ अमर प्रसाद अमात्यले जियालाल साहका विपक्षी वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीका युदबन्सी साह तुरहाको छोरा ५० बर्षिय अयोध्या साह तुरहा संग मेलजोल गरि जियालाल साहको खाता नम्बर ५१०१३५१६१०१८ को चेक बुक उनको भाई मुन्ना साह तुरहाको किर्ते दस्तखतमा १० थान चेक अयोध्या साहहरुलाई मिती २०७८/११/१५ उपलब्ध गराएका थिए।
फागुन १५ गते जारी भएको उक्त चेकमा जियालाल सहका विपक्षीहरु१० दिन अगाडीकै मिती राखि ९५ लाखको चेक बाउन्स गराई जियलाल साह माथि प्रहरीमा जाहेरी दिएका थिए।त्यतीमात्र होईन बिपक्षीहरुले अर्काे ५ वटा चेकबाट १ करोड ६५ लाख९४ हजार ३ सय८ रुपैया बराबरको चेक बाउन्स गराउन सफल भएका थिए।
अर्काे तर्फ जियालाल साहले त्यसतै गरी अयोध्या साहका श्रिमती उमराउती देवी, छोरा पप्पु कुमार साह , हरेराम कुमार साह ,त्यसतै लक्ष्मण साहको छोरा ४२ बर्षिय लड्डु बाबुु साह तथा हिमालयण बैकका प्रमुख अमर प्रसाद अमात्य माथि प्रहरीमा ठगी सम्बन्धि जाहेरी दिएकोमा त्ससमा अनुसन्धान हुँदै जाँदा जियालालको चेकमा भएको दस्तखत प्रहरीको केन्द्रीय प्रयोगशालामा चेकजाँच हुँदा प्रहरी नायब उपरीक्षक प्रकाश खत्री तथा प्रहरी निरीक्षक शौरभ प्रसाद भण्डारीले बैंकमा खाता खोल्ने समयमा कार्डमा रहेको दस्तखत नमुना र चेक बुकमा भएको दस्तखत जियालाल साहको दस्तखत संग नभिडेको प्रष्ट साथ उल्लेख गरि आफ्नो प्रतिबेदन सम्मानित अदालत बुझाएका थिए।
त्यस प्रतिबदन माथि उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका माननीय न्यायाधीशद्वोय श्री गणेश प्रसाद बराल र माननीय न्यायाधीश श्री शन्ता सेढाईको ईजलासमा प्रहरीको उक्त प्रतिबेदन माथि केन्द्रीय कार्यालयका बिधि बिशेषज्ञ प्रहरी नायब उपरीक्षक प्रकाश खत्रीले आफ्नो बयानमा बिबादित चेकमा गरेको सहि र बैकको खाता खोल्दा खाता खोल्ने फारममा गरेको सहि मिलेको देखिदेन।प्रहरी नायब उपरीक्षक खत्रीले आफ्नो बयानको क्रममा बिवादित चेक नम्बर ०००९५२१०७१मा भएको बिवादित सहि संकेत Q1र Q2संग बैकको खाता खोल्दा गरेको सहि छापहरु संकेतS21,S22,S33देखि S27रS28 सम्म एक आपसमा तुलना गर्दा हस्ताक्षरमा कुनै गुण र बिशेषताको आधार नमिलेको पाईएको आफ्नो ब्यानमा प्रहरी नायब उपरीक्षक खत्रीले उल्लेख गरेका छन।यसै क्रममा खत्रीले ईजलास समक्ष मान्छेको लेखाईमा हुने गुण र बेशषताहरु आकार , प्रकार , गीत स्ट्रोकचाल आदि बिवादित र नमुना हस्ताक्षरमा नमिलेको हुनाले परिक्षण प्रतिबेदनमा उल्लेख गरेको बिषय द्रृढताका साथ ईजलाश समक्ष आफ्नो राय दिनु भएको थिए।
तथापि प्रहरीको परिक्षण प्रतिबेदनमा चेकमा भएको दस्तखत किर्ते भएको देखिएकोले जियालाल साह आफ्नो पक्षमा फैसला आउने बिषयमा फागुन १९ गते ढुक्क थिए।तर ४ नम्बर बेन्चका न्यायाधीश माधव प्रसाद घिमिरे उनको आशा भरोसामा तातो पानी खन्याई दिएको जियालाल साहले आँखाबाट आशु झार्दै यश अनलाईलाई आफ्नो सम्पुर्ण विवरण पस्केका छन।न्यायाधीश घिमिरेाई बैकको सिसि क्यामराको फोटेज कुनै अर्थ राखेन।प्रहरी प्रधान कार्यालयको रेखा बिशेषज्ञ टोलीको प्रतिबेदन पनि
घिमिरेलाई दिउँसै रात किन पारेका होलान यसको सहि जवाफ उनले कहिले देलान जियालाल पर्खाईमा छन।जिल्ला अदालत ४ नम्बर न्यायाधीश माधव प्रसाद घिमिरेले कतिपय बख्त कानुन विपरीत फैसला गर्ने गरेको त्यहाँ बग्रेल्ती चर्चा सुनिन्छ पनि।यश अघि गत माघ ७ गते न्यायाधीश घिमिरेले सरकारी छाप किर्ते मुद्दामा पर्सा जिल्ला अदालत तथा उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्ज समेत किर्ते गर्ते अभियुक्तलाई १ बर्ष कैद र ५० रुपैयाँ जरिवाना गरेकोमा त्यस फैसलाको विपरीत न्यायाधीश घिमिरेले अभियुक्तकै पक्षमा फैसला गरि दिएकोले उनी माथि न्याय परिषदमा मुद्दा पर्ने निश्चित भएको सुनिन्छ ।
एउटा चर्चित अधिकृत वारेसनामा किर्ते शब्दहरु थप गरी करोडौंको जग्गाहरु कौडीको मोलमा बिक्री गरि दिएकोमा समेत न्यायाधीश घिमिरेले किर्ते गर्ने अभियुक्तलाई उन्मुक्ति दिएको देखिदा उनको न्याय प्रति ठुलै प्रशन चिन्हहरु त्यतिखेर तेर्सिएका थिए त्यसो भएकोले न्यायका आकांक्षीहरु अब साचिकै अदालतमा गोरु ब्याउने गरेको ठहर घिमिरेको फैसलाहरुले गरि दिएको यतिखेर चर्चाको बिषय बनेको चुलिएको छ।
पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश श्री दिपक खनालले अदालत भित्र हुने गरेको बिकृति र बिसंगतीलाई न्यूनीकरण र त्यसको अनुगमन गर्न एक बरिस्ठ अधिब्क्ता तथा बार एशोसिएशनका अध्यक्षलाई सदस्य सचिव रहने गरि समिति बनाई दिएको सुनिएपनि त्योपनि यतिखेर हात्तीको दाँत साबित भएको गुनासो त्यतिकै सुनिन्छ।प्रहरी प्रशासन माथि नागरिकको बिशवास खण्डीत भएपछि अदालतको सरणमा पिडितहरु पुग्ने गरेकोमा अब त्यहाँबाट पनि नागरिकको उठि बास भए काहाँ जाने यो यतिखेर गम्भीर चासोको बिषय बनेको छ।
