काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदर लाई निरन्तरता दिएका छन् । यद्यपि, पुसका लागि केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् ।
ब्याजदरको सूचना प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै २ बैंकले घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।

Facebook Comments Box