काठमाडौँ । नेपाली पार्कर खेलाडी दिनेश सुनारको नाममा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरले अप्रिल २१ लाई ‘दिनेश सुनार डे’ भनेर मनाउने गरेको छ ।
हाल अमेरिकामा रहँदैं आएका दिनेशले पार्करमा १८ विश्व कीर्तिमान बनाइसकेका छन् । न्युयोर्कमा रहेका दिनेशले नेपालमा ३ र अमेरिकामा १५ विश्व कीर्तिमान बनाएका हुन् ।
सन् २०२२ को अप्रिल २१ मा दिनेशले एक्रोनमा आफ्नो पाँचौं विश्व कीर्तिमान बनाएपछि सहरका मेयर डेनियल हेरिगनले उनलाई सम्मान गर्दै हरेक वर्ष अप्रिल २१ मा ‘दिनेश सुनार डे’ मनाउने घोषणा गरेका थिए ।
‘दिनेश सुनार डे’ आफ्नो जिन्दगीको स्मरणीय क्षण भएको जनाउँदै थप विश्व कीर्तिमानलाई तयारी गरिरहेको जनाए ।
Facebook Comments Box
