काठमाडौं । नेपालमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ले क्यानडा–११ लाई दुई विकेटले पराजित गरेको छ ।
क्यानडाले दिएको दुई सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी हुँदै आठ विकेटको क्षतिमा पूरा गरेको थियो ।
नेपालका लागि कप्तान सन्दीप जोराले ६६, बसिर अहमदले ५२, रशिद खानले ४७ रनको योगदान दिएका थिए ।
क्यानडा ११ का अमोर खलिद, शाहिद अहमदजाई र निखिल दत्तले समान दुई विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको क्यानडा अन्तिम बल बाँकी हुँदै दुई सय ४० रनमा अल आउट भएको थियो । नेपालका साहब आलमले तीन तथा शेर मल्ल र रसिद खानले समान दुई विकेट लिएका थिए ।
यो जितसँगै यो दुवै टिम एक–एकको बराबरी पुगेका छन् । शृङ्खलाको अन्तिम खेल बिहीबार हुनेछ ।
Facebook Comments Box
