काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । कनिष्ट सहायक रोहित कुमार ओझा पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा ओझाले नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ग्राहकको १ करोड ३७ लाख ८६ हजार रकम चोरी गरेको भेटिएको सिआईबीले जनाएको छ ।
ओझाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
