काठमाडौं । नेपाली कांग्रेसभित्र कोइरालाहरुको परिवारवादको विरोध गरेर राष्ट्रिय राजनीतिमा पटकपटक सभापति र प्रधानमन्त्री पदमा स्थापित शेरबहादुर देउवा छोराको विवाहपछि अर्को विवादमा तानिएका छन् ।
अब हुने नयाँ मन्त्रीमण्डलमा आफ्नो पत्नी आरजु देउवालाई मन्त्री बनाउन खोजिरहेको बेला जबर्जस्ती नयाँ क्रियाशिल सदस्य भतिज प्रकाश देउवालाई सबैभन्दा बढी आर्थिक लाभको भौतिक मन्त्री बनाएर विवादमा तानिएको बर्षदिन नबित्दै डडेल्धुराकै भएको कारण नारायण भट्टलाई जबर्जस्ती राष्ट्रिय सभामा मनोनित गरेका थिए ।
जिल्ला सभापतिमा ४ सय मतले जितेका प्रकाश बम दोस्रो राउन्डमा करोडौं खर्च गरेर हराएको डरले आरजु धनगढीमा चुनाव लड्न डराएर डडेल्धुराबाट तेस्रोपटक समानुपातिक सांसदमा मनोनित भएकी थिइन् ।
देउवाको चाकरी गरेर पद प्राप्ती गरेका भट्टले पार्टीको निर्वाचित पदमा निर्वाचन गरेर मात्रै प्रतिनिधि चयन हुने प्रावधान मिचेर ठाडै क्षितिज भण्डारीको स्थानको महासमितिमा प्रकाश देउवालाई नियुक्ति दिएका छन् । जुन नियुक्ति नियम संगत नभएको देखिन्छ ।

नेपाली कांग्रेसको विधान बमोजिम परिच्छेद १२ (विविध) को धारा ५१ (१) ख मा व्यवस्था भएअनुसार निर्वाचित केन्द्रिय सभापतिले मात्र प्रयोग गर्न पाउने अधिकारको दुरुपयोग अपमानजनक तरिकाले जिल्ला तहबाट भएको देख्दा नेताहरु आश्चर्यचकित भएका छन् ।
त्यसमा पनि केन्द्रिय सभापतिलाई नै सम्बोधन गरि लेखिएको सो पत्र हास्यास्पद बन्नु स्वभाविकै हो । यो हदसम्मको गैरजिम्मेवारपन र लज्जास्पद विषयले निश्चित पनि पार्टी पद्धतिको उपहास हुने केन्द्रीय नेताहरुको बुझाइ छ ।
‘देउवा परिवारलाई विवादमा तान्ने गरि यति तल्लोस्तरसम्म गिरेर पार्टीको प्रक्रिया र परम्पराको धज्जी उडेको छ कि कुरै नगरम,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘यसरी पार्टीभित्र सल्लाह नै नगरी एकलौटी निर्णय गर्ने हो भने पदाधिकारीहरुको के काम ?’
७७ जिल्लामा कसैलाई यसरी मनपरी महासमिति चयन गर्ने छुट नभएको महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले बताइरहेको बेला मन्त्री प्रकाश देउवाकै निर्देशनमा जिल्ला सभापतिले खुल्लमखुल्ला विधानको धज्जी उडाएको चर्चा छ ।
देशभरका ७ बारा, चितवन, तनहुँ, धनुषा, जुम्लासहित विभिन्न जिल्लाका स्वतन्त्र र प्रचारकलाई फुकुवा भैसकेको र अन्य सबै जिल्लामा सबैलाई आम माफी दिने तयारी भैरहेको उपसभापति धनराज गुरुङले बताइरहेको बेला महासमिति सदस्यमा निर्वाचित क्षितिज भण्डारी को स्थानमा केन्द्रीय सभापति र मन्त्री पदको दम्भले पराकाष्ठा देखाएर प्रकाश देउवाको चयन नेपाली कांग्रेसभित्र परिवारवाद र चाकरीप्रथाले देशको मुल संविधान नै उल्लंघन भइरहेको प्राध्यापक कृष्ण खनाल बताउँछन् ।
सुदुरपश्चिम प्रदेश कांग्रेस महामन्त्री एवं पूर्वजिल्ला सभापति नर नारायण साहसहित सयौं नेताकार्यकर्ताले देउवाको यो नक्कली मनोनयनको विरोध सामाजिक सञ्जालमार्फत धेरै नै भएको आरोप लगाएका छन् ।

