काठमाडौं । ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।
बैंकले ग्राहकलाई आवश्यक कागजात पेस गरेको ३ कार्य दिनभित्र कर्जा प्रवाह गर्ने बताएको छ । यो कर्जा ग्राहकले बैंकका ३५५ वटै शाखाबाट पाउनेछन् ।
अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले समेत विशेष घर कर्जा योजनाअन्तर्गत सहजरुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।
