Author: Scoop Khabar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल धरानमा भइरहेका गतिविधिप्रति सरकार गम्भीर रहेको बताएका छन् । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने र एकार्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको उनले उल्लेख गरेका छन् । शनिबार एक अपिल जारी गर्दै उनले सुनसरीको धरानमा विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादका माध्यमबाट समाधान गर्न सकिनेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । त्यसका लागि अग्रसर हुन उनले स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था, बौद्धिक समुदायलगायत व्यक्तिमा अपिल गरेका छन् । प्रधानमन्त्रीको पपिलमा भनिएको छ, ‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै…

थप

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल)को सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोललाई सहयोगका लागि पत्राचार गरेको हो । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआईबीले गरिरहेको छ । सिआईबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन…

थप

एजेन्सी । किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मनले लेन्समाथि सहज जीत हासिल गरेको छ । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जीत हो । खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए । करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । गत हप्ता टोलुजविरुद्धको खेलमा पनि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर एम्बाप्पेले गोल गरेका थिए । इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरेपछि खेल ३–१ ले पीएसजीले जित्यो । दुई बराबरी र एक जीतसहित…

थप

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताएका छन् । संघीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने भन्दै संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको उनले बताए । संसद्को सभा वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ । उनले भने, ‘मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, संघीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै…

थप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालेका छन् । शनिबार एक कार्यक्रमबीच उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सरुवा भएका एआईजी श्यामलाल ज्ञवालीको विदाई गर्दै एआईजी थापालाई विशेष स्वागत गरेको हो । केहिदिनघि बसेको मन्त्रिपरिषदको बैठकले पाँच जना एआईजीको सरुवा गर्दै एआईजी थापालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीको जिम्मेवारीमा खटाएको थियो । एआईजी थापा व्यावसायीक प्रहरी अधिकारीका रुपमा परिचित छन् । यसअघि थापा प्रधान कार्यालय प्रशासन विभागको जिम्मेवारीमा थिए । अपराध अनुसन्धान तथा कमाण्ड क्षमतामा अब्बल एआईजी थापाले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको सफल कमाण्ड सम्हालेका थिए ।…

थप

भनिन्छ, दुःखीलाई दुःखले नै खान्छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाले पनि दुःखै दुःखमा जीन्दगी गुमाए । आफ्नी श्रीमतीलाई फोनमा ‘गाह्रो भयो !’ भन्दाभन्दै भुइँमा ढलेका उनी फेरि उठ्न सकेनन्, अन्ततः सधैंका लागि ढलिरहे । गत २ भदौ शनिबार पर्सास्थित १३ नम्बर गण प्रमुख रहेका उनले अरुभन्दा फुर्सदिलो दिनको सदुपयोग गरे, साइक्लिङबाट । बिहानैदेखि गणबाट निस्किएका उनी बारा जिल्लाका विभिन्न जंगली बाटोहरु पार गर्दै केही घण्टामा निवास फर्किए, थकानसहित । कसैसँग केही भन्न भ्याएनन् । अप्ठेरो हाउभाउमा पसिना पुछ्दै कोठाभित्र छिरेका उनको अर्को हातमा मोबाइल थियो । कास्कीको पोखरामा रहेकी श्रीमतीसँग आफूलाई परेको अप्ठेरो फोनमार्फत सुनाइरहेका थिए ।…

थप

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी-२० आई सिरिजको फाइनल खेल हुँदैछ । फाइनल खेहमा उपाधीका लागि आज (शनिबार) नेपाल र हङकङ भिड्दै छ । अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो । नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको नेटरनरेट ०.८५३ छ । अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो । हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४०६ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) हरुको सरुवा गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को शुक्रबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो । प्रचलित नियमानुसार तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने उनीहरुलाई सरुवा गरिएको छ । हेर्नुहोस् को कहाँ पुगे ?  https://www.nepalpolice.gov.np/media/filer_public/2f/69/2f69bc7f-e409-4b16-a067-b4a458f2ddeb/saruwa_ssi_janapad-2080-05-08.pdf

थप

सिरहा । सिरहामा नेपाल प्रहरीको नायब निरीक्षक (सई) हुँ’ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल गर्न खोज्ने एकजना पक्राउ परेका छन् । सिरहाको नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ मा व्यवसायीलाई प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा उनलाई सशस्त्र प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाकै लक्ष्मीपुरपतारी गाउँ पालिका १ का मुकुन्द कुमार साह रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपाल तर्फ आइरहेका लक्ष्मीपुरपतारी २ का मुकेश यादव र सखुवानन्कारकट्टी गाउँपालिका १ का सदन नारायण दासलाई उनले नक्कली पेस्तोल देखाउँदै सई हुँ भन्दै धम्क्याई रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका साहलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी…

थप

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए । ‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार बिरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ श्रेष्ठले भने । उनले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि…

थप