भैरहवा । रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडासहित ट्रक बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित सिटी अस्पताल चोकबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो ।
मकवानपुको थाहा नगरपालिका–४ का ४२ वर्षीय रामचन्द्र खत्रीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ना ३ ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी जान लागेको अवस्थामा सामान बरामद गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए ।
ट्रकमा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा ५६० थान, लेडिज जुत्ता ३४० जोर, नेट कपडा १८९ थान, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस ट्रकसहित अन्दाजी ३० लाख ६२ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको एसपी विकले बताए ।
बरामद गरिएको कपडासहित ट्रक र मानिसलाई आवश्यक कारबाहीका भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।
त्यस्तै प्रहरीले आइतबार ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरबाट अवैध प्याज बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छली लु ८ प ११३५ र युपी५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसापसार गरेको अवस्थामा १३५ बोरा प्याज बरामद गरिएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा रहेको ४ लाख ५२ हजार ५ सय रुपैयाँ मूल्य बराबरको प्याज आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइए
