Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरुको विवरण राखिएको वेबसाइट सञ्चालनमा ल्याएको एकहप्ता भएको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले उक्त वेबसाइट उद्घाटन गरी सञ्चालनमा ल्याएका हुन् । आईजी कुँवरले उद्घाटन गरेको साइटमा विवरणहरु समेत अपलोड गरिएको छ । वेबसाइटमा राखिएको विवरणमा काठमाडौं उपत्यकामै ३२ वटा पहिचान नखुलेको शव रहेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामै मात्र ३२ वटा शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काठमाडौंमा १६, ललितपुरमा ९ र भक्तपुरमा ७ वटा पहिचान नखुलेको वेवारिसे शव छ । वेवारिसे सबै शवहरु उपत्यकाको विभिन्न अस्पतलहरुको शव गृहमा राखिएको…
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्व. सुवास नेम्वाङलाई भेट्न नपाएको गुनासो गरेका छन् । आज बिहान दुई नेताबीच भेट्ने कुरा भएपनि त्यसअघि नै नेम्वाङको निधन भएको हो । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अस्तिको दिन सुवासजी धरानको कार्यक्रमबाट फर्केपछि फोनमा कुरा भएको थियो । उहाँको बोली सधैँ झैँ सहज थियो । मंगलबार बिहान भेट्ने कुरा भएको थियो । तर आज मंगलबार नै उहाँको पार्थिव शरीर हेरेर बिदाइ गर्न विवश भएँ । भावपूर्ण श्रद्धासुमन !’ नेम्वाङको…
डोल्पा । ११ भदौदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो । भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् । सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको…
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो । आजै बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि दिन शोक बिदा दिने निर्णय गरेको थियो । साथै नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । बिहीबार सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने मन्त्रालयले जनाएको छ । नेम्वाङको मंगलबार बिहान १ः३० बजे हृदयघातका कारण निधन भएको थियो ।
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सरकारले छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।
वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले ठूलो मात्रमा भन्सार छलीको खाद्यान्न सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै रहेको बजरङ्ग टोलस्थित एक गोदामबाट ठूलो मात्रामा अवैध तरिकाले भारतबाट भन्सार छली गरेर ल्याइएको काजु बरामद गरेको हो । विशेष सूचनाको आधारमा १३ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको कमान्डमा खटेको टोलीले मगनी राउतको घरमा रहेको गोदाममा छापामारी गरेर ८ सय किलोग्राम काजु बरामद गरिएको जनाएको छ । राउतको घरमा रहेको गोदाममा लुकाईछिपाई…
नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई भारतीय सीमा नजिक चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र गफ्फार राइन कुजडा रहेका छन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । उनी केहीबेर अघि अस्पताल पुगेका थिए । स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ । अन्तिम सम्मानसम्बन्धी…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङ उपाध्यक्ष मात्रै नभएको बताएका छन् । सोमबार राति उनको निधन भएपछि गहिरो समवेदना व्यक्त गर्दै अध्यक्ष ओलीले नेम्वाङ पार्टी उपाध्यक्ष मात्र नभई आफ्नो दुःख सुखको साथी भएको समेत बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्षमात्रै होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनुभएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ सोमबार राति बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङको अस्पताल लैजाने…
काठमाडौं । इलाम क्षेत्र नं २ का संघीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए । विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो…