काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेशीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् ।
चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।


Facebook Comments Box
![नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त [सूचनासहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)