Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा हुँदैछ । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर पुगिसकेका छन् । पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ आइतबार नै विराटनगर पुगेका हुन् । जहाँ नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी तीन दिनसम्म कोशी प्रदेशमै…
काठमाडौं । ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेको टोलीका महानिरीक्षक छन् बसन्त बहादुर कुँवर । उनका ब्याचीहरु अतिरिक्त महानिरीक्षक (एआईजी) र नायब महानिरीक्षक (डिआईजी) छन् । कुँवर संगठनको ३० औं आईजीपी हुन् । उनले आफ्नो ३० वर्षे कार्यकाल पूरै खाँदा २०८१ चैत ४ गतेसम्म प्रहरीको नेतृत्वमा रहनेछन् । तर, अहिलेको प्रहरी नियमावली कायम रहेमा उनका १६ जना ब्याचीहरु भने उमेरहदका कारण बीचमै अवकाशमा जानेछन् । अहिलेकै प्रहरी नियमावली कायम रहेमा आईजी कुँवरका सबै ब्याचमेट भने पूरै कार्यकाल सेवामा रहन पाउँदैनन् । २०८१ पुस १५ गतेसम्म आईजी कुँवरका १६ जना ब्याचमेटले अवकाश पाउने प्रधान कार्यालयका एक…
काठमाडौं । (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् । आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए । ‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’ उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । ‘ब्रेक…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । कुलतमा फसेका व्यक्तिहरूलाई पुनस्जीवन प्राप्तिको यात्रामा केन्द्रको ठूलो योगदान रहेको कुँवरको भनाइ छ । आसरा सुधार केन्द्र रानीबारीको २७ औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कुँवरले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन आसरा केन्द्रले मद्दत पुर्याएको बताए । राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको आईजी कुँवरको भनाई थियो । त्यस्तै लागूऔषधको कारोबार तथा लागूऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले…
काठमाडौं । तस्करीको ६० किलो सुन बरामद प्रकरणमा अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाको नुवाकोट सरुवा भएको छ । अनुसन्धान सुरु गर्नुपूर्व नै एसपी थापालाई नुवाकोट पठाइएको हो । थापाको सुन प्रकरणको अनुसन्धान भइरहेकै समयमा गत भदौ १५ गते सरुवा भएको हो । नुवाकाटोका एसपी रविन्द्र पण्डितलाई प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रुपन्देहीमा सरुवा गरेर एसपी थापालाई नुवाकोट पठाइएको हो । हङकङबाट ‘ब्रेक सु’ मा ल्याइएको ६० किलो ७६१ ग्राम सुन सम्बन्धी फाइल राजश्व अनुसन्धान विभागबाट सीआईबीमा पुगेपछि एसपी थापालाई प्रमुख अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गर्न निर्देशन दिइएको थियो । तर…
काठमाडौं । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न १३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले नुवाकोट विदुर नगरपलिका–१२ का ३९ वर्षका सुब्बा तामाङ (लुप्पा) लाई १३ वर्षपछि आज पक्राउ गरेको हो । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका तामाङलाई घर नजिकै आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काको अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको छ । ‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र रु एक लाख…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले तस्करीको बरामद सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूमाथि गहिरो अनुसन्धान नभएको बताएका हुन् । उनले प्रहरीले गरेको अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । सांसद समेत रहेका लामिछानेले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरूले गरेको भए पनि सलाइको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । शंकाको घेरामा रहेका व्यक्तिहरू मोबाइल फर्म्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनेर आशंका व्यक्त गरे…
काठमाडौं । प्रहरीले भन्सार छलीको सामानसहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मथुरा, बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सामानसहित मानिसलाई पक्राउ गरेको हो । शनिबार बिहान मथुराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका०३ कट्टीगाउँ र मथुरास्थित भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी ८१ हजार मूल्य बराबरको सामान बरामद गरेको हो । चिनी, घाँसको बिउँ, ब्रोइलर कुखुरा तथा सो कार्यमा प्रयोगमा ल्याइएका ३ थान साइकलसहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक कारबाही हुने भएकाले २ जनालाई राजापुर भन्सार कार्यालय गुलरिया बर्दिया र १ जना मानिसलाई पशु…
काठमाडौं । भोजपुर प्रहरीले कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो । २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले राईलाई सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर, अदालतको आदेशलगत्तै उनी फरार भएका थिए । फैसला भएको मुद्दा कार्यान्वयन गराउनको लागि प्रहरी हवल्दार चितरंजन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आइतबार पत्रकारसम्मलेनमार्फत जानकारी दिएको हो । फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका…
काठमाडौं । नेपाली कांग्रेस नेता डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले सरकार बनेपछि एकाध आयोजना अघि बढे पनि समग्रमा सरकारको काम नदेखिएको स्पष्ट पारे । मुलुकमा सरकार नै नभएको स्थिति रहेकाले अब यो सरकारलाई राखेर काम नभएको पोखरेलको भनाइ छ । यस्तै उनले विभिन्न भ्रष्टाचार प्रकरणमा कांग्रेस र एमालेका एक–एक नेतालाई थुनामा राख्ने तर माओवादी नेताको नाम आउनासाथ काखापाखा गर्ने सरकारले निकास नदिने भएकाले सरकारको नेतृत्व फेर्नुपर्नेमा जोड दिए । साथै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन नसकेको…