काठमाडौं । प्रहरीले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने २७ वर्षीय किरण थापा छन् ।
थापा र ती पीडित महिला सामाजिक सञ्जालमार्फत साथी बनेका थिए । त्यसक्रममा उनीहरूबीच लामो समय कुराकानी भएपछि मेसेन्जरमा गोप्य फोटो तथा भिडिओ सामग्री साटासाट भएको थियो ।
तर सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर र भिडिओ पठाएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । थापालाई ब्यूरोले गोंगबुबाट पक्राउ गरेको हो ।
यसरी सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।
Facebook Comments Box
