काठमाडौं । प्रहरीले लागू औषध गाँजासहित एक जना कार चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी नवलपरासी गैडाकोट नगरपालिका-११ बस्ने अन्दाजी ३० वर्षीय सूर्य परियार रहेका छन् ।
गोप्य सूचनाको आधारमा परियालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । उनको साथबाट ११६ केजी अवैध लागूऔषध गाँजा भेटिएको हो ।
फागुन १० गते सर्लाही बागमती नगरपालिका २ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडकखण्डमा गोप्य सूचनाको आधारमा दक्षिणबाट उत्तरतर्फ आईरहेको बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
‘जिल्लामा तस्करीको नयाँ-नयाँ तरिकाबाट अपराधीक गिरोहले लागुऔषध तस्करी गर्दछ भने थियो, सोही आधारमा हामीले निजी कारवाट लागुऔषध तस्करी हुँदैछ भन्ने खवर आयो, हेर्दा १० वटा प्याकेटमा १ सय १६ किलो ग्राम रिफाईन गाँजा फेला पर्यो,’ सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले भने ।
गाँजा भेटिएपछि प्रहरीले कार र चालकलाई निण्न्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ । पक्राउ परेका परियारविरुद्ध लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप भएको प्रहरीले जनाएको छ ।
