Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । नेपाल प्रहरीले कोशी प्रदेशमा गुनासो सम्बोधनका लागि ‘क्यूआर कोड’ प्रयोगमा ल्याएको छ । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘क्यूआर कोड’ प्रयोगमा ल्याएको हो । सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै ‘क्यूआर कोड’ मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको ‘क्यूआर कोड’को प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । ‘क्यूआर कोड’ कोशी…
काठमाडौं । नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले दसैंमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो । प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’ जिल्लाका इन्चार्जहरूलाई दसैंमा बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । सोही क्रममा प्रधान कार्यालयले नजिकिँदै गरेको दसैं, तिहार र छठपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल…
काठमाडौं । दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ । तर, नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्ने भएको हो । नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर बैंकबाट नयाँ नोट लिन सक्ने बताए । ‘यो वर्षको दसैँमा नयाँ नोट सट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको बेला गुप्तचर विभाग प्रमुख हुतराज थापा भारत जान लागेका छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापा बुधबार काठमाडौंबाट नयाँ दिल्ली जाने भएका हुन् । प्रमुख थापालाई भारतीय ‘रअ’का प्रमुख रवि सिंहले बोलाएपछि नयाँ दिल्ली जान लागेका हुन् । उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जानकारी दिएको छ । गत ११ भदौमा कोरिया गएका थापाले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको पाइएको छ । १२ गते विभागको बार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरिया उडेका थिए । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय कोरियन टोलीलाई गत वैशाख…
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । ‘चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ उनले भने । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे…
काठमाडौं । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लले जानकारी दिए । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए । बसमा करिब ३०र३५ जना सवार रहेको सवार थिए । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सोमबार बिहान बारामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव हत्या गरिएको अवस्थामा भेटियो । नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा ३४ वर्षीय अमरेशकुमार सिंहको शव भेटिएको हो । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले सिंहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै बारा प्रहरी प्रमुख सुरेशराज काफ्लेसहितको टोली घटनास्थलमा पुग्छन् । शवको प्रकृति हेर्दा उनको हत्या नै भएको निष्कर्षमा प्रहरी पुग्यो । मृतक सिंहमाथि धारिलो हतियार प्रहार भएकाले शरीरका विभिन्न ठाउँमा चोट देखिएको थियो । र, प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो । सिंहले दशगजाको…
काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् । जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार सेतो बोराभित्र टेपले र्यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा ३२ किलो चरेस बरामद…
काठमाडौं । कर्णाली प्रदेशमा प्रहरी जवान १३९ औं समूहको आधारभूत तालिममा सहभागी १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रहरी जवानहरु दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराएका थिए । डिआईजी ढकालले तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन समेत दिए । तालिम पाएका प्रहरी जवानहरुलाई…
काठमाडौं । सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै सेतापैरास्थित राप्ती राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । रोल्पाबाट दाङतर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३५० मिटर तल खस्न गई र्दुघटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय नारायण योगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख नायब उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए । घाइते योगीलाई उपचारको लागि दांग पठाएको डिएसपी कार्कीले बताए । घटनालगत्तै प्रहरी चौकी कपुरकोट सल्यानबाट प्रहरी…