Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
नयाँ दिल्ली । भारतमा शुक्रबारदेखि आमनिर्वाचन सुरु भएको छ, जसले भाजपाका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको मुख्य फैसला मतदाताले गर्नेछन्। निर्वाचनमा झन्डै एक अर्ब मतदाता सामेल हुँदैछन्। त्यसका लागि मोदीले प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक करिब दुई दर्जन विपक्षीको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ। भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्यसभा वा राज्य परिषद्) छन्। लोकसभाका ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नेछन्। लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले…
काठमाडौं । संखुवासभामा दाइको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्नेष ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंं । नेपाल प्रहरीको प्राविधिक तर्फको विभिन्न उपसमूहको बरिष्ठ हवल्दार पदको बढुवा सूची प्रकाशित गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिंग उपसमूह र सञ्चारतर्फका प्रहरी हवल्दारबाट ७० जना बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस भएको छ । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफरिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईको पाँच ग्रेड रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय, हुम्लाको प्रमुख हुँदा डीएसपी भट्टराईले आफ्नै महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप थियो । लगत्तै गृह मन्त्रालयले उनलाई निलम्बन गरी घटनाको छानविन गरेको थियो । छानविनको क्रममा उनी दोषी देखिएपछि पाँच ग्रेड रोक्का गरिएको गृह स्रोत बताउँछ । उनको निलम्बन पनि फुकुवा भएको छ ।
काठमाडौं । ५ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी, ७ वैशाख अर्थात आजदेखि अर्का एआईजी मिरा चौधरी र प्रहरी नायब महानिरीक्षक (डिआईजी) विकासराज खनाल अनिवार्य अवकाशमा गएका छन् । उनीहरुको अवकाशसँगै नेपाल प्रहरीमा ३ वटा डिआईजीको पद खाली छ । भण्डारी र चौधरीको ठाउँमा भने सरकारले डिआईजीद्धय उमेशराज जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरिसकेको छ । उनीहरुलाई दर्ज्यानी चिन्ह सम्भवतः ९ गते प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । लगत्तै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर डिआईजी बढुवा गर्ने पक्षमा छन् । जसकारण आईजीपी कुँवर डिआईजी बढुवाको तयारीमा जुटेका हुन् । बढुवामा योग्यता पुगेका प्रहरी…
बैतडी । बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्नेलाई पक्राउ गरेको हो । पुचौंडी नगरपालीका-४ स्थीत आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी १७ वर्षीया किशोरी हराएकोमा खोज तलास गर्ने क्रममा मिति गत चैत्र २८ गते मृतकको लाश जंगलमा फेला परेको थियो।ईलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको टोली घटनास्थलमा पुगी घटनास्थल तथा लाशको जाँच गर्दा टाउकोमा चोट लागेको अवस्थामा फेला परेको थियो । मृतक किशोरी गर्भवतीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । डडेल्धुरा अस्पतालमा शवको पोष्टमार्टम गर्दा अन्दाजी १८ हप्ताको बच्चा गर्भमा…
काठमाडौं । नेपाल प्रहरीका २ नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका२ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवाका लागि सिफारिस हुने डीआईजीमा उमेश राज जोशी र भिम प्रसाद ढकाल रहेका छन् ।
काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटकारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका–१० का ३० वर्षीय राकेश चौधरी रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका विभिन्न ठाउँबाट चैत २९ गते प्रकाउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, दुई थान ल्यापटप, एक थान सीपीयू र नगद ६२ हजार बरामद गरेको छ । यसैगरी विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान बरामद गरिएको…
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । तीमध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौँ उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका…
रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर १ शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् । साइकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।