Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । कञ्चनपुर र कैलालीमा लुकेर बसेकी एक युवतीसहित ७ जना पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुर र कैलालीले फरार सूचीमा राखेका एक युवती, एक किशोर र पाँच जना युवक पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर तर फरार भएकाहरुलाई पक्राउ गरेको हो । प्रहरीले हिजो (आइतबार) एक युवती, एक किशोर र पाँच जना युवकलाई नियन्त्रणमा लिएको हो । वन मुद्दामा २६ हजार ५३० रुपैयाँ जरिवाना ठहर भएका कैलालीको गोदावरी नगरपालिका–९ का ४० वर्षीय पुरन रानालाई प्रहरीले पक्राउ गरेको छ । अर्काको परिक्षा दिएर दोषी ठहर भएका अर्का युवक…
काठमाडौं । वरिष्ठ हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बचाउमा बोलेकोप्रति अष्ट्रेलियाबाटै माफी मागेका छन् । मह जोडीले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । उनीहरुले अपर्झट प्रतिक्रिया दिनुपर्दा आफुहरु अल्मलिएको प्रष्टिकरण दिएका छन् । भिडिओ सन्देश मदनकृष्णले भने, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ । यससँगै चीनतर्फ बिओपीको संख्या १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ । नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनिकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानी लगायत कार्यहरु गर्नेछ । समुन्द्री सतहतबाट करीव ३…
कास्की । जबरजस्ती गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बागलुङ जैमिनी नगरपालिका ८ बस्ने २८ वर्षीय भीम थापा, सोही ठाउँका ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षका तेज हमाल छन् । उनीहरुले कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महिलामाथि जबरजस्ती गरेको आरोप छ । पोखराका पर्यटकहरू रमाइलो गरिरहेको ठाउँमा पुगेर उनीहरुले महिलालाई जबरजस्ती नाच्न लगाएर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । कोलकाताले फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो । कोलकाता तेस्रो पटक आईपीएलको च्याम्पियन बनेको छ । उसले १० वर्षपछि उपाधि जितेको हो । पछिल्लो पटक कोलकाता सन् २०१४ मा च्याम्पियन बनेको थियो । चेन्नईस्थित चेपोक मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय १३ रन मात्र बनाउन सक्यो । यो आईपीएल फाइनलको सबैभन्दा कम स्कोर हो । कोलकाताले १० दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो आईपीएल फाइनलको सबैभन्दा छिटो रन…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए ।‘रवि देखाएर जोगाउनुपर्ने पार्टी पङ्ति छ । रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ ।’ अध्यक्ष ओलीको अडानलाई लिएर एमालेभित्र गम्भीर समीक्षा हुनुपर्ने बेला आएको शर्माले बताए । ‘एमाले…
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरूद्ध काठमाडौंको प्रदर्शनीमार्गमा आज प्रदर्शन गरेको छ । देशका विभिन्न सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए ।कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका शीर्ष नेताहरुको पनि सहभागीता रहेको छ ।
मोरङ । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेका थिए । उनीमाथि ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
काठमाडौँ । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दै छ । सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौँमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई…
काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको ४८ घण्टा नबित्दै एक प्राविधिक उपसचिवले आत्महत्याको बाटो रोजेका छन् । जेठ ८ गते मंगलबार विशेष अदालतबाट सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको मुद्दामा भ्रष्टाचारी ठहर भएर सजाय र जरिवाना तोकिएका उपसचिव नविन पोखरेलले जेठ १० गते बिहीबार आफ्नै घरमा आत्महत्या गरेका हुन् । प्रहरीले उनको घरबाट सुसाइड नोट समेत बरामद गरेको छ । मंगलबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले प्रेस खरिदमा भएको भ्रष्टाचारको मुद्दामा पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख रूपैयाँ जरिवाना असुल गर्ने आदेश गरेको थियो । अदालतको फैसलाको ४८ घण्टा नबित्दै पोखरेलले…