Author: Scoop Khabar

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् । सात वर्ष राष्ट्रपति भएकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् । स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन् । उनी २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी थिइन् ।

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक हटाउन लागिएको विषयमा गलत समाचार सम्प्रेषण भएको भन्दै खण्डन गरेको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले यस्ता आधारहीन समाचारले प्रहरी कर्मचारी र प्रहरीमा नकारात्मक सन्देश जाने भन्दै तथ्य र स्रोतमा आधारीत भएर समाचार लेख्न आग्रह समेत गरेको छ । सूचनामा भनिएको छ,‘नेपाल प्रहरी संगठनका सन्दर्भमा केही समाचार माध्यमहरुले जथाभावी आधारहीन समाचारहरु प्रकाशन गरेको सन्दर्भमा यस संगठनमा आबद्ध अनुशासित, व्यावसायिक, निष्ठावान र सांगठनिक सक्षमता अभिवृद्धिमा विश्वास राख्ने सकल दर्जाका प्रहरी कर्मचारी मात्र नभई सथ्य, सुरक्षा, सेवा र न्यायाका लागि नेपाल प्रहरीलाई विश्वास गर्ने आम नागरिकमा समेत निराशाजनक सन्देष प्रवाह हुन सक्ने भएकाले…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ । शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् । शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो । एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ । सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी…

थप

धनगढी । कैलाली प्रहरीले साढे दुईलाख बढीको अवैध सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ को संचयकोष कार्यालय नजिक, मनेहरा चोक, वडा नम्बर ९ को त्रिपेणीघाट,१२ को घले चोक, गोदावरी नगर्पालिका–५ को गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालिका–६ को बेलुवा र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीकाअनुसार भारतबाट भन्सार छलि गरि ल्याएका दुई लाख ६७ हजार बरामदको प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, बोईलर कुखुरा, मोटरसाईकल थान–१ लगायतका सामानहरु बरामद गरिएको हो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

थप

काठमाडौ । चितवनको कालिका नगरपालिका-६ खोलेसिमलमा सुन पसल लुटपाट भएको छ । पेस्तोल देखाएर विनोद सुनचाँदी पसल लुटपाट भएको हो । शरीरभरी प्लास्टिक बेरेर आएका २ जनाको समुहले पसलको सटर लगाउने क्रममा मौका छोपेर कामदारहरुलाई भित्रै थुनी पेस्तोल देखाएर सुन लुटपाट गरेको हो । त्यतिमात्र नभएर लुटेरा समूहले सुन पसलमा जडान गरिएको सिसिटिभिको डिस नै खोलेर लगेको प्रहरीले जनाएको छ । घटना साझ ८:४० बजेको हो । पसलमा भएभरको सुनचाँदी लुटेर लगेको बताइएको छ । घटनाको बेला संचालक विनोद सुनार भने काम विशेषले धादिङ गएको बुझिएको छ ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा सञ्चालित १० दिवसीय विपश्यना ध्यान शिविर सम्पन्न भएको छ । आईजीपी कुँवरको उक्त केन्द्रको अवलोकन समेत गरेका हुन् । कार्यक्रममा आईजीपी कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्चात् आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई दिएकोमा नेपाल विपश्यना केन्द्र लाई धन्यवाद दिए । आईजीपी कुँवरले नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताए । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जागृत हुन सफल भएको विश्वास उनले व्यक्त गरे । आईजीपी कुँवरले प्रहरीको…

थप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकपबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ भन्नुहुँदै सान्त्वना दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले आजको नेपालको खेल आजसम्मकै उत्कृष्ट खेल भएकोसमेत उल्लेख गरे । ‘आजसम्मकै उत्कृष्ट खेल !! बधाई नेपाल !!! कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ,’ अध्यक्ष ओलीले लेखेका छन् । शनिबार बिहान विश्वकप क्रिकेटमा नेपाली टोली दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । यो हारसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना सकिएको छ…

थप

काठमाडौं । ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती२५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु गत राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

थप

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । सो क्रममा उनले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिए । निरीक्षण पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको…

थप

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कानुनविपरीत विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरिएको बताएका छन् ।सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना सुरक्षाकर्मी फिर्ता भएको बताए । नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले बताए । सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री लामिछानेको भनाई छ। प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न…

थप