काठमाडौं । ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती२५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनीहरु गत राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो
उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।
Facebook Comments Box
