Author: Scoop Khabar

पोखरा । कास्कीको पोखरा महानगरपालिका- ११ की  १७ वर्षीय  मिल्का पुर्जा सम्पर्कविहीन भएकी छिन् । फागुन ६ गतेदेखि घरबाट अहिलेसम्म घर नफर्कँदा परिवारमा थप चिन्ता थपिएको हो । हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी  भनी परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । परिवारले दिएको जानकारी अनुसार गहुँ गोरी, पातलो शरीर भएकी मिल्काको उचाइ ४ फिट ८ इन्च छ । कालो कपाल भएकी मिल्काले हराएको बखत निलो र सेतो धर्के सर्ट, कालो कोर्ट र स्कट लगाएकी थिइन् । फेला पार्नुहुने महानुभावले नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

थप

सुनसरी । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिएका छन् । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै आईजीपी अर्यालले यस्तो निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताए । उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताए । उनले भने, “सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु…

थप

सिन्धुली । सिन्धुली प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन् । उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन् । अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजासहित तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको थियो । ५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको…

थप

कैलाली । धनगढी उपमहानगरपालिकामा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३० हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप

तनहुँ । तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती किशोरीलाई ब्यास नगरपालिका-४ स्थित होटलमा लगी सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यता दाङमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको…

थप

काठमाडौं । वीरगन्जमा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर सञ्चालन गरेर अवैध कारोबार सञ्चालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्सका सामानहरू समेत बरामद भएको बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलको नेतृत्वमा…

थप

काठमाडौं । महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरिएको छ । आज विहान बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । ६ वर्षे कार्यकालका लागि रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्की सदस्य उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । रायमाझी राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

थप

काठमाडौं । तीन दिनअघि नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाको लागि सिफारिस भए । एसपी बढुवा सिफरिससँगै प्रहरी प्रधान कार्यालयले डिएसपी बढुवाको समेत तयारी थालेको छ । बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले चर्को लबिङ सुरु गरेका छन् । इन्स्पेक्टरबाट डिएसपी बढुवाका लागि २०७० सालमा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् । २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएको टोली ठूलो पनि छ । यो टोलीमा १४७ जना इन्स्पेक्टर छन्, जसमा ४६ जना जेठ २२ गते डिएसपी भइसकेका छन् । बाँकी १०१ जना अब रिक्त हुने पदका लागि प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये पनि केही कारबाही खाएका…

थप

सुनसरी । सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायाधीश राईको मृत्यु भएको हो । राईको शनिबार बिहान ३ बजे कारागारमा मृत्यु भएको हो । पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएका थिए । राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् । मृतक राईका दाई सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए । तर यता झुम्का कारागारले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएको छ ।…

थप

एजेन्सी । अल–नासरले अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी प्रो लिग अन्तर्गतको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासर ५–१ गोलले विजयी बनेको हो । अल–नासरको जितमा रोनाल्डोले ह्याट्रिक गरेका थिए भने ओटाभिडो, अब्दुलरहमान घारिबले एक एक गोल गरे । यस्तै अल ताईका लागि भर्जिल मिसिडजानले गोल फर्काएका थिए । जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।

थप