Author: Scoop Khabar

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

थप

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरे । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं…

थप

काठमाडौ । म्याग्दीकी मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन् । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो । नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन् । यही हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुनमगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् । उनको अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन् । करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामीप्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन आग्रह गरेका छन् । मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंजको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई उनले निर्देशन समेत दिए । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस…

थप

काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिका- १० ठेबारस्थित एक घरमा दिदीबहिनी मृत फेला परेका छन् । मंगलबार बिहान करिब ७ बजे टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन् । प्रहरीका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । तर, बैठक चलिरहँदै गर्दा महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्रीलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएको बताइएको छ । सभापति देउवाले दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिँडेका हुन् । प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् । आज प्रतिनिधि सभा बैठक…

थप

काठमाडौं । लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शुक्रवार साँझ लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको हो । कोषको गाडी व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासोपछि विभिन्न मागसहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिँदा गाडीमा सवार रहेका दुई जना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको थियो । कार्यालय समय सकिएको आधा घण्टापछि पनि सेतो नम्बर प्लेटको इलेकट्रोनिक गाडी गुडेको देखेपछि रोकेर सोधपुछ गर्ने क्रममा गाडी भित्रका एक जनाले आफू डिएसपी भएको रवाफ देखाउँदै गाडी…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पर्वतको जलजलामा दम्पती हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई खटाउने निर्णय गरेको छ । स्थानीय प्रहरीले हत्याको अभियुक्तहरू पहिचान गर्न नसकेपछि मंगलबारदेखि सिआईबी टोली खटिन लागेको हो । दम्पत्तिको शव हत्यापश्चात एक साताअघि भेटिएको थियो । जलजला गाउँपालिका– २ मल्लाजनिवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए । घटनास्थलका आधारमा प्रहरीले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ । पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआईबी खटाउने निर्णय गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । हत्यापछि सुन र नगदसमेत लुटिएको थियो । एकान्तमा…

थप

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बबताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने घोषणालाई जनमोर्चाले गम्भीर रूपमा लिएको बताएका हुन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् । साथै उनीहरुको प्रतिगामी गतिविधिलाई भारतीय साम्राज्यवादले पनि समर्थन गर्दै आएको जनमोर्चाले आरोप लगाएको छ । अध्यक्ष केसीले जारी गरेको…

थप

काठमाडौ । धरानको भेडेटारमा सब्जी बोक्ने गाडिबाट प्रहरीले ५ सय ४४ केजी गाँजा पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालीका-९ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी सजग भएको थियो । आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्की नेतृत्वको प्रहरी टोलीले भेडेटार चोकमा को १ ख ३२९४ नम्बरको मिनिट्रक रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको ५४४ केजी लागुऔषध गाँजा…

थप