इटहरी । मोरङको सुन्दरहरैंचा-७ स्थित एक केराघारीमा शनिवार साँझ दुई जना नावालिकाकाे शव फेला परेको छ ।
धनकुटा पाख्रिवास-५ डिकुरे घर भएका अर्जुन कार्कीको छोरीहरु १ वर्षीया आयन्ता कार्की र ३ वर्षीया अपर्णा कार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुन्दरहरैचा-७ मालती टोलकै एक केराघारीमा नावालिकाहरूकाे शव फेला परेको हो । शवको प्रकृिती हेर्दा कसैले विष खुवाएर हत्या गरेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनापछि बच्चाहरूको आमा २१ वर्षीया अस्मिता पौडेल भने फरार रहेको प्रहरीबाट बुझिएको छ । बच्चाहरूलाई अमाले नै विष खुवाएर हत्या गरी फरार भएको हुन सक्ने प्रहरी भनाइ छ ।
फरार आमा पौडेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
