Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८१ को बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन् । उनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका दरहरू हेरफेर गर्दा सरोकारवालाहरूसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो ।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेलाई तोकिएको छ । यसअघिका एसपी विनोद शर्मा बैशाख १० गते हेडक्वार्टर तानिएपछि उनको ठाउँमा काफ्लेलाई पठाइएको हो । प्रहरी एकेडेमीमा कार्यरत काफ्लेलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरले पठाएका हुन् । उनी फ्रान्सबाट आएलगत्तै काफ्लेलाई सिन्धुली पठाएका हुन् । शुक्रवार प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं.६५७१ मिति २०८१/०१/१८ गतेको पत्रले प्रहरी एकेडेमीबाट सिन्धुली काज खटिएका एसपी काफ्लेलाई एकेडेमीका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले विदाई समेत गरेका छन् ।
काठमाडौं । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बैशाख २० गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल पुलिसको बारेमा जानकारी गराउदै संयुक्त राष्ट्र संघीय मिशन तालिम लगायत अन्य विविध तालिमहरुमा समेत दुई देश बीच सुरक्षाकर्मीहरुको एक आपसमा सहभागीता बढाउँदै सुरक्षाकर्मीहरुको क्षमता अभिबृद्धि गराउनु पर्ने बताए । कार्यक्रममा अवलोकन भ्रमण टोलीले सशस्त्र प्रहरी बल नेपालको बारेमा राखेका विविध जिज्ञासाहरुको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले प्रष्ट पार्नुकासाथै दुई देशका संगठनहरुबीच आपसी सहयोग र सहकार्य भविष्यमा समेत…
गृहमन्त्री लामिछानेविरुद्ध परेको राहदानी दुरुपयोगसम्बन्धी रिटको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको आरोपसहित परेको रिट सर्वोच्च प्रशासनले गरेको दरपीठमाथी सुनुवाइका लागि कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई प्रतिवादी बनाएर पेस गरिएको रिटमा कम्पनी रजिस्ट्रार कार्यालय, गृह मन्त्रालयलगायतबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । युवराज पौडेलले यही वैशाख १७ गते दिएको निवेदनलाई सर्वोच्च प्रशासनले वेरितको भएको भन्दै दरपिठ गरिदिएको थियो । रिटमा सहकारी ठगीलगायतका प्रकरणमा मुछिएका गृहमन्त्रीलाई पदबाट हटाउन अन्तरिम आदेशको माग गरिएको थियो । यसअघि महान्यायाधिवक्ता कार्यालयले २०७९ साल चैत ६ गते गृहमन्त्री लामिछानेविरुद्ध राहदानी दुरुपयोग…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनीयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । इन्जिनीयर बराल, सब इन्जिनीयर उषाकिरण रोकाया र कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीहरूलाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिइएको थियो । बाँकी २ लाख सुरज कुँवरमार्फत लिई उषाकिरण रोकायाको खातामा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । उनीहरूविरुद्ध घुस रकम बराबर बिगो…
काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका छन् । ६ सदस्यीय टोलीको नेतृत्व गरी आएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरे । भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर भोलि अर्थात बुधबार स्वदेश फर्किदैँछन् । आईजीपी कुँवर स्वदेश फर्कनासाथ प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको तयारी अघि बढ्नेछ । बढुवाको लागि चार टोली २०५१, २०५२, २०५३ र २०५४ को प्रतिस्पर्धामा छ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा छन् । उनी २०५३ को टोली हुन् । त्यस्तै भोला रावल, ध्रुवराज राउत र गणेश चन्द पनि डिआईजी बढुवाको प्रतिस्पर्धी हुन् । उनीहरु हालका आईजीपी कुँवरका ब्याचमेट हुन् । उनीहरु २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । त्यस्तै २०५३ का टोलीहरु सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर र उमा…
काठमाडौ । २७ अप्रिलमा अलिना पुन मगर पनि हङकङ प्रहरीमा भर्ना भएकी छन् । यसअघि पहिले मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना भएकी थिइन् । हङकङ प्रहरीमा भर्ना हुने पहिलो र दोस्रो नेपाली महिला एकै परिवारका दिदीबहिनी हुन् । मिरा हङकङ प्रहरीमा सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् भने अलिना दोस्रो नेपाली महिला हुन् । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भए पनि महिलाको रुपमा यी दुई चेलीले भने पहिलो पटक डेब्यु गरेका हुन् । उनीहरूको पुख्र्यौली थलो नेपालमा अन्नपूर्ण गाउँपालिका–५, पाउदुआरसिख म्याग्दी हो। उनीहरू नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत…
काठमाडौ । चार दिनअघि कैलालीमा एक प्रहरी हवल्दारलाई एक दिन मात्रै थुनामा राखिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दारलाई थुनामै राखिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सहायक हवल्दार गोकर्णराज जोशीलाई विभागीय अनुशासन नमानेको भन्दै एक दिन थुनामा राखिएको र थप कारबाही अगाडि बढाइएको हो । स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गर्दथे भने जुवातास पनि खेल्ने गरेको बताइन्छ ।
बारा । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।