मकवानपुर । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले २२३ केजी लागूऔषध गाँजा बरामद गरेको छ ।
मकवानपुर हेटौडा उप महानगरपालिका-१५ रातोमाटे चेकपोष्टस्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट पथलैयातर्फ जादैं गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीमा गाँजा भेटिएको हो ।
प्रहरीले पिकअप गाडी चालक जिल्ला धादिङ थाक्रे गा.पा.-०४ बस्ने वर्ष ३४ को जिवन मगर र सोही गाडीमा सवार ऐ. वडा नं. ०६ बस्ने वर्ष ३० को प्रदिप क्षेत्रीलाई शंका लागि नियन्त्रणमा समेत लिएको छ ।
बरामद लागूऔषध, पिकअप गाडीसहित निजहरु जिवन मगर र प्रदिप क्षेत्रीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
