काठमाडौं । बाल दिवसको अवसरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार भएको इश्नाकोटार तलमा अध्ययनरत व्याचलर विद्यार्थीहरूले आयोजना गरेको यस प्रतियोगितामा २७ टोलीको सहभागिता रहेको थियो ।
उद्घाटन समारोहको प्रमुख अतिथि नवीन न्यौपानेले प्रतियोगिताको उद्घाटन गरेका थिए । बिशिस्ट अतिथिमा श्रमिक नेपालको अध्यक्ष सावित्री पौडेल आचार्य थिए भने कार्यक्रममा आभास, लिशारा, नवीण, नारायण, युवराज, शिशिर, दीपकलगायतका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो स्थान सिसु निकेतनले प्राप्त गर्दा द्वितीय स्थान अर्चिड कलेज र तृतीय स्थान नवा ज्योति कलेजले प्राप्त गरे । यस कार्यक्रमले विद्यार्थीहरूमा ज्ञान र प्रतिस्पर्धाको भावना बढाएको छ ।
