Author: Scoop Khabar

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् । आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका थिए।‘सवारी चालक अनुमतिपत्रबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो…

थप

काठमाडौ । प्रहरी प्रधान कार्यालयले सिरहा र इलाम प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ । यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो । यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।

थप

धनगढी । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्ता रहेका छन्। सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । उनको साथबाट बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली…

थप

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित ‘सिद्धार्थ होटल’लाई पर्यटन विभागले चार तारेस्तरको मान्यता दिएको छ। होटललाई पर्यटन ऐन र नियमावलीअनुसार चार तारे मान्यता दिइएको विभागले जनाएको छ। यो अब कर्णाली प्रदेशकै पहिलो चार तारे होटल भएको छ। होटलले यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अतिउत्तम वर्गको मान्यता पाएको थियो। ४ स्विट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड कोठा रहेको होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए। सिद्धार्थ हस्पिटालिटी अन्तर्गत ९ वर्षदेखि सञ्चालित होटलमा ४ वटा कन्फ्रेन्स हल, ६०० जनाभन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल बार, फिटनेस क्लब, स्पा, साउना, स्टिम, जिम, स्विमिङ पुल, ब्युटी पार्लर, रेस्टुरेन्ट लगायत…

थप

पोखरा । स्याङ्जाको प्रहरी चौकी थुमपोखरीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ रहेका छन् । उनीहरुले स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएका प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंहसहितको टोलीमाथि कुटपिट गरेका थिए । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि उनीहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार सिंहसहित ३ जना प्रहरी घटनास्थलमा पुगेका थिए । कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको छ ।

थप

विराटनगर । मोरङको सुन्दरहरैँचामा पत्नीको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।

थप

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् । उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए । उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको…

थप

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत एघारौँ डफ्फालाई बदली गर्न जान लागेको टोलीलाई विदाई गरेका छन् । शुक्रबार प्रधान कार्यालय हल्चोकमा विदाई गर्दै आईजीपी अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा संगठन र राज्यको प्रतिनिधित्व गर्दै परिचालन हुने हुँदा बिभिन्न देशका सुरक्षाकर्मीहरुसँग आपसी…

थप