Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीविरूद्ध काठमाडौंको प्रदर्शनीमार्गमा आज प्रदर्शन गरेको छ । देशका विभिन्न सहकारीको बचत ठगी भएकोले बचतकर्तालाई न्याय दिलाउन भन्दै कांग्रेसले प्रदर्शन गरेको हो । कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए ।कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका शीर्ष नेताहरुको पनि सहभागीता रहेको छ ।

थप

मोरङ । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पासवानले कटहरी गाउँपालिका-५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिई ठगी गरेका थिए । उनीमाथि ठगीसम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

थप

काठमाडौँ । सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली कांग्रेसले आज विरोध प्रदर्शन गर्दै छ । सङ्घीय संसद्मा निरन्तर अवरोध गर्दै आएको कांग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् । उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौँमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई…

थप

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको ४८ घण्टा नबित्दै एक प्राविधिक उपसचिवले आत्महत्याको बाटो रोजेका छन् । जेठ ८ गते मंगलबार विशेष अदालतबाट सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको मुद्दामा भ्रष्टाचारी ठहर भएर सजाय र जरिवाना तोकिएका उपसचिव नविन पोखरेलले जेठ १० गते बिहीबार आफ्नै घरमा आत्महत्या गरेका हुन् । प्रहरीले उनको घरबाट सुसाइड नोट समेत बरामद गरेको छ । मंगलबार अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले प्रेस खरिदमा भएको भ्रष्टाचारको मुद्दामा पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख रूपैयाँ जरिवाना असुल गर्ने आदेश गरेको थियो । अदालतको फैसलाको ४८ घण्टा नबित्दै पोखरेलले…

थप

काठमाडौं । विशेषतः ६० वर्षमाथिका उमेर समूहलाई ज्येष्ठ नागरिक मानिन्छ । त्यसैले ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ समेत भन्ने गरिन्छ । यसो भन्नुको अर्थ हो, बुढापाकाहरुले हामीले भन्दा केही न केही कुराहरु बढी बुझेका जानेका हुन्छन् । उनीहरुले समाजको पहिल्यैदेखिको अवस्था बुझेका हुन्छन् । जुनकुरा तपाईहामी भर्खरैको मान्छेहरुलाई थाहा नहुन सक्छ । सोहीक्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय, इलामले एउटा सानो कार्यक्रम आयोजना नै गरेर ज्येष्ठ नागरिकहरुसँग भेट गरेको छ । प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले ज्येष्ठ नागरिकहरुसँग भेट गरेका हुन् । भेटमा समसामयिक बिषय वस्तुहरुमा छलफल तथा अन्तरक्रिया भएको एसपी ढकालले बताए । इलाम प्रहरी प्रमुख समेत रहेका…

थप

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कार्यक्षेत्रमा आउनसक्ने हर चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताए । “तालिममा सिकेको सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “ कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।” नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा…

थप

काठमाडौं । विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा नुवाकोट किस्पाङ्ग गाउँपालिका-१ ठेगाना भई चीनको Heilongjiang province को Harbin City मा बसोबास गर्ने ४३ वर्षीया मनमाया घलेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२७ ठमेलबाट पक्राउ गरेको हो । मनमायाले पीडितलाई चिनियाँ नागरिकसँग विवाह गरेमा ५ वर्षपछि ग्रिनकार्ड बनाउन सकिने भन्दै ललाई फकाई प्रलोभनमा पारेर चिनियाँ नागरिकसँगको मिलेमतोमा जिल्ला अदालत काठमाडौंमा लगि २०७९ चैत १३ गते चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई २०८० वैशाख १ गते चीनमा पुर्‍याएर यौन शोषण एवम् वेश्यावृत्तिमा लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ…

थप

चितवन । गर्मी बढेसँगै चितवन कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो । जिल्ला कारागार चितवनले बढ्दो गर्मीसँगै कारागारमा सरुवा रोग फैलन सक्ने भएकाले स्थानान्तरण गरिएको जनाएको छ । कैदीबन्दीलाई पनि सतर्कता अपनाउन भनिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कुनै पनि रोगको सङ्क्रमण तीव्र हुने भएकाले थप सतर्कता अपनाइएको जिल्ला कारागार चितवनले जनाएको छ । कैदीबन्दी भेट्न आउने आफन्तलाई समेत मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ । कारागारमा कैदीबन्दीको चाप बढेपछि वैशाखमा मात्रै ६० जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । भीमफेदी कारागार कार्यालय मकवानपुर, वीरगञ्ज…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको थियो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाएको हो । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो ।…

थप

कास्की । पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ । पोखरा अंमरसिंहमा आज आयोजित कार्यक्रममा सहभागी हुन आएका प्रसाईंलाई र्‍यालीका क्रममा केरा प्रहार भएको हो ।

थप