काठमाडौं । विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए । पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ ।
उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।
Facebook Comments Box
