Author: Scoop Khabar

काठमाडौं । साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो । जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन् । उनी कार्य सम्पादनमा कोशी प्रदेशमा प्रथम भएका हुन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयले नगदसहित पुरस्कार प्रदान गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखानाको अभिलेखमा जनिने गरी पत्र लेखेको छ । केसीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवम् नियन्त्रणको क्षेत्रमा विशेष योगदान पुर्‍याएको जनाउँदै प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पुरस्कार प्रदान गरेका हुन् । यस्तै, पाँचथरका डिएसपी…

थप

चितवन । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ मा रहेका एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ । आइतबार बिहान करिब ५ः२० बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । उक्त बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरु खटिएका छन् ।

थप

काठमाडौं । नेपाल प्रहरी अस्पताल र प्रदेश प्रहरी अस्पतालहरुबाट उपलब्ध हुँदै आएको स्वास्थ्य उपचार सेवामा पुनरावलोकन गरी अबदेखि अवकाशप्राप्त प्रहरी कर्मचारी र परिवारले बहालवाला प्रहरी कर्मचारी र परिवारले सरह नै स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । नीति निर्माण समिति तथा प्रहरी कल्याण कोष संचालक समितिबाट निर्णय भइ प्रहरीको अस्पतालहरुले अवकाशप्राप्त प्रहरी कर्मचारी र परिवारलाई बहालवाला प्रहरी कर्मचारी र परिवारसरह नै उपचार सेवा उपलब्ध गराउने भएको हो । यहि साउन महिनादेखि यो सेवा लागू भइसकेको हुँदा यो सुविधाबाट लाभान्वित हुन प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

थप

चितवन । राष्ट्रिय युवा संघ नेपाल, चितवनको आयोजनामा कालिका नगरपालिका– ८ स्थित उदयपुर सामुदायिक वनमा रहेको टाँसी छ्योलिङ्ग गुम्बा परिसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मुल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले १ महिने वृक्षारोपण अभियान २०८१ चलाइरहेको छ । एक युवा पाँच बिरुवा भनेर अभियान चलाइएको छ । त्यही अभियान अन्तर्गत आज चितवनमा वृक्षारोपण गरिएको हो । आजको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै वृक्षारोपणको महत्व र यसको दीर्घकालीन फाइदाहरुका बारेमा चर्चा गरे । उनले ‘एक युवा, पाँच विरुवा’ भन्ने…

थप

काठमाडौं । आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन् ।  हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि जितेकी हुन् ।

थप

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख नायब महानिरीक्षक (डिआईजी) बिष्णु केसीले जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको स्थलगत निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा कडा निर्देशन दिएका हुन् । निरीक्षणपश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डिआईजी केसीले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिए । निरीक्षणका क्रममा जिल्ला प्रहरी…

थप

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा सफल पर्यटन व्यवसायी डा. रामशरण थपलियाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । २०२४-२०२६ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । शनिबार थपलियाले सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको अध्यक्ष समेत रहेका उनले आफू समावेशी टिम बनाएर निर्वाचनमा होमिने बताए । उम्मेदवारी घोषणासँगै स्कुपखबरसँगको कुराकानीमा उनले खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनर्ताजकीकरण गर्नु आफ्नो मुख्य उद्देश्य रहेको बताए । यसअघि २ कार्यकाल ठमेल पर्यटन विकास परिषदको अध्यक्ष भएर काम गरिसकेका उनले लामो समयदेखि टानमा रहेका…

थप

काठमाडौं । नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गर्दै काभा वुमन्स नेशनल लिग भलिवल २०२४ मा शानदार लय देखाएकाे छ। दक्षिण एसियाली जायन्ट भारतमाथि नेपालले ३–२ सेटकाे जित हासिल गरेको हो। राष्ट्रिय भलिबलका कुनै पनि प्रतियोगितामा नेपालले भारतमाथि हासिल गरेको यो पहिलो जित हो। अधिकांश युवा खलाडी सहभागी नेपालले डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पहिलो, तेस्रो र पाँचौँ सेट आफ्नो नाममा लेखाएको हो। पहिलो सेट २५–१८ ले जितेको नेपालले दोस्रो सेट भने १२–२५ ले गुमाएको थियो। तर, तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेल २५–१७ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा पुनः भारत हावी भयो। यो सेटमा सुरुदेखि नै अग्रता लिएको भारतले समग्रमा १८–२५ ले…

थप

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले आफु आम जनता, समाज र देशको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् । शुक्रबार मात्रै पदभार ग्रहण गरेका राज्यमन्त्री चौधरीले शनिबार आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई भेटेर यस्तो बताएका हुन् । उनी शनिवार विहानै कैलाली पुगेका हुन् । बधाई तथा शुभकामना दिन आइपुगेका पार्टीका नेता तथा कार्यकता र मतदातालाई उनले भने, ‘म आज आफुले बधाई लिन आएको हैन् । मलाई आफ्नो अमुल्य मत दिएर मन्त्रीको पदमा पु¥याउने तमाम मतदाताहरुलाई बधाई दिन आएको हुँ । मेरो निर्वाचन क्षेत्रको आवश्यकता, यहाँको जनचाहाना र म प्रतिको आशा केके छन् रु सोध्न…

थप