Author: Scoop Khabar

काठमाडौं । पछिल्लो ५६ दिनमा अमेरिकाबाट ४३ जना नेपाली डिपोर्ट भएका छन् । डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको कार्यभार सम्हालेयता ४३ नेपाली अमेरिकाबाट निष्कासित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार सन् ०२५ जनवरी २० यता हालसम्म ४३ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइ आएका हुन् । ट्रम्पले आप्रवासी नीतिमा कडाइ गरेसँगै पछिल्लोपटक चैत २ गते अमेरिकाबाट एक जना नेपाली डिपोर्ट भइ आएका छन् । राष्ट्रपतिको शपथ लिएपछि ट्रम्प प्रशासनले निष्कासन गरिने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको छ । सोहीअनुसार अमेरिकामा…

थप

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । उनलाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो । सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका तिमिल्सेना यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए । चिरञ्जीवी अधिकारीको स्थानमा उनलाई नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् । पौडेलको सचिवालयबाट हटाएपछि अधिकारीले आफु १८ वर्षसँगै बसेर काम गरेपनि एकपटक पनि हटाउनुअघि नसोधिएकोमा गुनासो गरे ।

थप

काठमाडौं । दुई दिनअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ बिन्धीका १५ वर्षीय आँशु यादवको हत्या कुर्ता च्यातिएको विषयमा साथीले नै गरेको खुलेको छ । शनिबार होली खेल्ने क्रममा साँझ करिव ५ बजे स्थानीय लक्ष्मण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आँशुमाथि छुरा प्रहार गरेका थिए । घरमा भएका उनलाई साथीमार्फत बोलाएर छाती, ढाड र पेटमा छुरा प्रहार गरिएको थियो । गम्भीर घाइते भएका आशुको जनकपुर प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो । धर्मेन्द्र तत्कालै छुरासहित पक्राउ परे । धर्मेन्द्रले आशुमाथि छुरा प्रहार गर्दा काकी विनिता र छोरा रुपेशले रोक्न खोजेका थिए । त्यसक्रममा रुपेशलाई पनि दुई ठाउँमा छुरा लागेको खुलेको…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई बालुवाटारमा बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको अवस्थामा ओलीले सबै मन्त्रीलाई बालुवाटार आउन निर्देशन दिएका हुन् । सरकारले अपरान्ह बस्ने मन्त्रिपरिषद्‍बाट प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । नयाँ महानिरीक्षकका लागि तीनजना प्रहरी अतिरिक्त महानिरीक्षकहरु दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ प्रतिस्पर्धामा छन् । उनीहरु एउटै ब्याचका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बिदा लिने तयारी गरिरहेका बेला सोमबार नै नयाँ प्रहरी प्रमुखको टुंगो लाग्नेछ । प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक बनाउन भन्दै सत्तारुढ दल नेपाली कांग्रेस समेत सहमत भएको स्रोत…

थप

काठमाडौं । तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) अशोक थापाका अनुसार विक लामो समयदेखि मानसिक रूपमा बिरामी थिए । विकले किन झुण्डिएर आत्महत्या गरे यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको शब्दमा ‘ए मायालु’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुगम पोखरेलको स्वर रहेको छ भने महानिरीक्षक अर्यालको शब्द, सशस्त्र प्रहरीका डिएसपी सुरेश गैरेको संगीत रहेको छ। यस गीतको भिडियोमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, टार्जन लिम्बुको ड्रोन, मनोज कार्कीको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जिवन कुमार ज्ञवाली,शिब शरण न्यौपाने, शिवराम भट्ट आदीको अभिनय रहेको छ। नायिका प्रियकां कार्की र आकाश श्रेष्ठलगायतको अभिनय रहेको उक्त भिडियोको एरेन्ज भने उदयराज पौडेलले गरेका छन् । दिपेन्द्र तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको…

थप

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशका कारण घर जाने भएका छन् । आज बस्ने मन्त्रिपरिषदले नयाँ आईजीपी नियुक्त गर्ने तयारी गरेकाले कुँवर घर जान लागेका हुन् । आईजीपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र ३ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण चैत ५ देखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् । कुँवरसँगै अनिवार्य अवकाश पाउने एआईजीहरुमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन्। त्यसैगरी अवकाश पाउने डीआईजीहरुमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।

थप

काठमाडौं । आज नियमित मन्त्रिपरिषद् बैठक बस्दैछ । सोमबार अर्थात् आज बस्ने बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) नियुक्तिको विषयलाई टुंगो लगाउनेछ । आजदेखि प्रहरी महानिरीक्षक वसन्त कुँवरको सेवाअवधी पुरा हुने भएकाले नयाँ आइजीपी नियुक्ति बैठकको मुख्य एजेण्डा रहेको छ । आजको बैठकले आइजीपी को हुने भन्ने विषय टुंगो लगाउने उच्च स्रोतले जनाएको छ । तर कसलाई आइजीपी बनाउने भन्ने बताइएको छैन । हाल नयाँ आइजीपीका लागि एआइजीत्रय दिपक थापा, सुदिप गिरी र टेक तामाङको नाम चर्चामा रहेको छ । नेपाल प्रहरीका ३० औं आईजीपी कुँवरसँगै एआईजीहरु टेक प्रसाद राई, दुर्गा सिंह, बुद्धि गुरुङ, कुबेर कडायत र जनक भट्टराई पनि अनिवार्य…

थप

काठमाडौं । प्रजरी प्रधान कार्यालयले ५३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई  प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गरेको छ। बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप समुहहरुको रिक्त सई पदमा बढुवा गरेको हो । बढुवासँगै उनीहरुको पदस्थापना समेत गरिएको छ । हेर्नुस् को को बढुवा भए ?

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र आईजीपी राजु अर्यालले कुँवरलाई बिदाइ गरेका हुन् । कुँवरलाई हलचोकमा सलामी समेत दिइएको थियो । आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ मा मध्यराति १२ बजेबाट अवकाश…

थप