काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी बलले बिदाइ गरेको छ । हल्चोकस्थित सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा सशस्त्र आईजीपी राजु अर्यालले कुँवरलाई बिदाइ गरेका हुन् ।
कुँवरलाई हलचोकमा सलामी समेत दिइएको थियो । आईजीपी कुँवर सोमबारबाट सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् ।
कुँवरसँगै एआईजीहरू टेक प्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि एकसाथ अवकाशमा जाँदै छन् । उनीहरूकै ब्याचमेट डीआईजीहरु गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि चैत ४ मा मध्यराति १२ बजेबाट अवकाश हुन लागेका हुन् ।
Facebook Comments Box
