Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले अहिलेको सरकार निरन्तर अघि बढे देश र जनताले दुःख पाउने दाबी गरेका छन् । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नै कांग्रेस र एमालेबीच एकरुपता नदेखिएको टिप्पणी गरे । उनले भने,‘सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको छ ।’ प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम, र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको टिप्पणी गरे । उनले अहिलेको कांग्रेस–एमाले गठबन्धन सरकार लामो समय अघि बढ्लाजस्तो आफूलाई नलागेको बताए ।
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: युक्रेनका राष्ट्रपति जेलेन्स्की
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताएका हुन् । “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वाताका लागि तयार छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दावी…
काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुरबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भीम प्रधान समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यसैगरी मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली मनहरा आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धनबहादुर फुयालको मुस्ताङ खाजा घरमा…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन् । पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख अध्यक्ष दाहालले अभियान जनताका समस्या बुझ्ने माध्यम भएको उल्लेख गरे । अध्यक्ष दाहालले देशका विभिन्न भौगोलिक क्षेत्रलाई जोड्ने मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र देशभरका उत्तर–दक्षिण करिडोरजस्ता पूर्वाधार विकासका अभियान माओवादी नेतृत्वको सरकारका पालामा सुरु गरिएका बताए । आफूले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन र…
काठमाडौं । इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दले प्रहरी प्रशासन व्यवसायीको तगारो नभई सहयात्री भएको बताएका छन्। गोदावरी होटल व्यवसायी संघद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै डिएसपी चन्दले व्यवसायको सुरक्षामा प्रहरी सधैं सहयोगी भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे। ‘म स्वयं कैलालीको बासिन्दा पनि हुँ, मेरो पेशागत जिम्मेवारीसँगै सामाजिक दायित्व पनि छ,’ डिएसपी चन्दले भने, ‘व्यवसायलाई कसरी समर्थन गर्न सकिन्छ भन्ने विषयमा मेरो पेसा र मर्यादाले निर्देशित गर्ने ढंगले म सधैं साथ दिनेछु।’ उनले दर्ता नपरेका तथा मापदण्ड नपुगी सञ्चालनमा आएका होटलहरूको जानकारी प्रहरीलाई दिन व्यवसायीलाई आग्रह गर्दै भने, ‘जबसम्म शरीरको जुम्रा हटाइँदैन, तबसम्म चिलाइरहन्छ। त्यसैले…
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर रूपमा लागिरहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीको १०औँ अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनबारे आयोजित गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उनले संस्थागत रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफू लागिरहेको बताएका हुन् । मुख्यमन्त्री पाण्डेले समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको र सङ्गठित आवाजलाई बलियो बनाउन सके यसमा थप सघाउ पुग्ने बताए । संविधानविद् प्रा.डा. विपीन अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकाय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिए । नेपालको न्यायप्रणालीमा ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायालयप्रति निराशा…
टोकियो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America) को विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ । एभिन्यूज टेलिभिजनका संस्थापक पत्रकार तथा कार्यक्रम निर्माता एवं प्रस्तोता र हाल एक्स्क्लुसिभ न्यूज टाइम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ । त्यस्तै उपाध्यक्षमा जापान समाचारडटकम का प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा एक्स्क्लुसिभ न्यूज टाइम अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन्…
काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरोध खतिवडाको मृत्यु भएको छ । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा असई खतिवडाको मृत्यु भएको हो । त्यस्तै दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोकि्कएर दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरे । ‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन । यो देश कंगाल बनाउने त यिनीहरू हुन् त,’ उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो…
भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त
काठमाडौं । भारतले नेपाल सरकार र यहाँका राजनीतिक पार्टीले भारतको जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरोध गर्दै त्यसका विरुद्धमा चालिएको कदमप्रति एक्यबद्धता जनाएकामा नेपालाई धन्यवाद दिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार लैनचौरस्थित दूतावासमा काठमाडौँस्थित मुलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा जम्मु–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी हमलाको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएकोमा खुशी व्यक्त गर्दै आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा जोड दिए । यसैगरी यहाँका समग्र नागरिक समाज र विशेषगरी आमसञ्चार क्षेत्रबाट प्राप्त सहयोग र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे । काश्मीरको पहलगाममा…