टोकियो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America) को विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ ।
एभिन्यूज टेलिभिजनका संस्थापक पत्रकार तथा कार्यक्रम निर्माता एवं प्रस्तोता र हाल एक्स्क्लुसिभ न्यूज टाइम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा जापान समाचारडटकम का प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा एक्स्क्लुसिभ न्यूज टाइम अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा जापान समाचारडटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का र हेर्निकुराका लक्ष्मण पाठक चयन भएका छन् ।
जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको छ ।
अध्यक्ष गौडेलको प्रतिवद्धताः
आफूलाई प्राप्त नयाँ जिम्मेवारीका लागि अध्यक्ष उत्तम गौडेलले धन्यवाद ज्ञापन गरेका छन् । बदलिदो विश्व परिवेशमा पत्रकारिताका आयाम र चुनौति पनि फेरिदै गएकोले स्वदेश र प्रवासमा पत्रकारितालाई थप जनमुखी र विश्वसनिय बनाउन आफूले सकेको योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
संस्थाको घोषित कार्यलक्ष्य र विधान अनुसार आफू नेतृत्वको सम्पूर्ण कार्यसमितिले निष्ठा र ईमानदारिताका साथ काम गर्ने पनि उनले बताए । एक्स्क्लुसिभ न्यूज टाइम अनलाइन परिवारले आफ्ना संस्थापक अध्यक्ष, प्रकाशक तथा सम्पादक गौडेलको नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
