काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले अहिलेको सरकार निरन्तर अघि बढे देश र जनताले दुःख पाउने दाबी गरेका छन् ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा नै कांग्रेस र एमालेबीच एकरुपता नदेखिएको टिप्पणी गरे । उनले भने,‘सरकारको नीति कांग्रेसको र कार्यक्रम एमालेको जस्तो देखिएको छ ।’
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम, र सिद्धान्त हेर्दा सरकार नै अलमलमा परेको टिप्पणी गरे ।
उनले अहिलेको कांग्रेस–एमाले गठबन्धन सरकार लामो समय अघि बढ्लाजस्तो आफूलाई नलागेको बताए ।
Facebook Comments Box