Author: Scoop Khabar

झापा । जिल्ला प्रहरी कार्यालय झापा एकजना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्का प्रहरी कर्मचारीले आत्महत्या गरेका छन् । आज दिउँसो सवा २ बजेतिर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विकले झुन्डिएर आत्महत्या गरेका हुन् । ओखलढुंगा सुनकोसी गाउँपालिका १० निवासी विकले ब्यारेक भवनको ढोका लगाई पङ्खामा तन्नाको पासो लागेर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गर्नुपर्ने कारण खुलिसकेको छैन । घटनाबारे आफन्तलाई जानकारी गराइसकिएको र मृतकको शव पोस्टमार्टमको लागि लैजान आवश्यक कानुनी प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । यसअघि…

थप

काठमाडौं । धनुषाको मिथिला विहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ । अनुसन्धानमा अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ । कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले आफू बिरामी रहेको बहाना बनाई अन्सारीलाई नेपाल बोलाएकी थिइन् । २०८१ मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए । हत्यापछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक…

थप

काठमाडौं । दुई महिनाअघिको कुरा हो, रौतहटका एक युवा र युवती भागेर विवाह गर्छन् । युवतीको परिवारले शक्ति र पैसाको आडमा प्रहरी प्रशासनमार्फत् दमन गर्न खोजेपछि उनीहरुले सामाजिक सञ्जालमा एक संयुक्त भिडियो संदेश जारी गरे । जसमा युवतीले आफू राजीखुसी विवाह गरेको व्यहोरा खुलाउँछिन् । साथै, उनले आफूहरुमाथि कानुनको छिद्र प्रयोग गरी कुनै प्रकारको दमन अनि अत्याचार नगर्न पनि परिवार र सम्बन्धित निकायलाई भक्कानिँदै भिडियोमार्फत् आग्रह गर्छिन् । तर, युवक धिरेन्द्र यादवसहित उनका अन्य तीनजना आफन्तविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा मुद्दा दर्ता हुन्छ । युवतीको परिवारका विरेन्द्र महतोको नामबाट हुलाक हुँदै आएको अपहरण तथा शरीर बन्धक शीर्षकको जाहेरी प्रहरीले सामान्य…

थप

काठमाडौं । नेपाली सेनाका सहायकरथी कृष्ण जिसी उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जिसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको बैठकले सेनाका अर्का उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप गरेको छ । उपरथी अधिकारीलाई सरकारले रथीमा यसअघि नै स्थानीय बढुवा गरिसकेको छ । उनले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा आवेदन दिएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा अधिकारीको पदावधि ६ महिनाका लागि थप भएको हो । त्यसैगरि नेपाली सेनाका महासेनानी प्रशान्त विक्रम राणा सहायक रथीमा बढुवा भएका छन्। सहायक रथीमा बढुवा भएका राणा महासेनानी हुँदा सैनिक नियम पालक (प्रोभोस्ट…

थप

काठमाडौं । विद्यमान प्रहरी नियमावलीअनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको टोलीले ३० वर्षे सेवाअवधीका कारण आगामी चैत ५ गते अवकाश पाउँदैछ । आईजीपी कुँवरकै ब्याची एआईजीहरू प्रशासन विभागका टेकप्रसाद राई, मानव स्रोत विभागकी दुर्गा सिंह, अपराध अनुसन्धान विभागका कुवेर कडायत, कार्य विभागका बुद्धिराज गुरुङ र भर्खरै एआईजी बढुवाका लागि सिफारिस भएका जनक भट्टराई अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि सरकारले ३१औं आईजीपी नियुक्त गर्नुपर्ने हुन्छ । त्यसैले यतिबेला नयाँ प्रहरी प्रमुख को बन्छ भन्ने विषय पेचिलो बनेको छ । आईजीपीले अवकाश पाउँदै गर्दा नयाँ प्रहरीप्रमुख को बन्छ भनी सर्वाधिक चासोको विषय बन्नु स्वाभाविक हो । नेपालमा कानुन कार्यान्वयन गर्ने…

थप

काठमाडौं । ललितपुरस्थित सुमेरु सहकारीको बचत रकम अपचलन प्रकरणमा नाम जोडेर अडियो बाहिरिएपछि बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीयले आत्महत्या गरेका छन् । मन्त्री श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय रवि थापाले आत्महत्या गरेका हुन् । कलंकीस्थित आफ्ना साथीको कोठामा सोमबार विषादी सेवन गरेका थापाको कलंकीस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोठामा कोही नभएको मौका पारेर थापाले विषादी सेवन गरेको काठमाडौं प्रहरीले जनाएको छ । धादिङ, धुनीबेसी–९ घर भएका थापालाई अचेत अवस्थामा फेला परेका दिउँसो २ बजेपछि अस्पताल लगिएको थियो । कोठामा थापाका दाइले उनलाई अचेत फेला पारेका थिए । उपचारका लागि कलंकीस्थित सहिद मेमोरियल अस्पताल…

थप

काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए । सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै रु २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो । त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व सङ्कलन गरिएको…

थप

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो मंगलबार दिउँसो नै हाउसफुल भइसकेका छन् । ललितपुरको लाविम महल, भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्स, बानेश्वरको आईएनआईलगायत हलका केही शो हाउसफुल भइसकेका छन् । काठमाडौंको सिभिल महललगायतका हलमा पनि ठूलो संख्यामा टिकट बिक्री भइरहेको छ । रिलिजको २४ घण्टा अगाडि नै शो हाउसफुल हुनु र धेरै अग्रिम बुकिङ हुनु चलचित्रको राम्रो व्यापार गर्ने संकेत हो । अग्रिम बुकिङ राम्रो हुँदा मल्टिप्लेक्स सिनेमा हलहरूले शो थप्न थालेका छन् । काठमाडौंमा क्यूएफएक्सले दुई शो थपिसकेको छ ।…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै अर्का इन्सपेक्टर अनुसन्धानको घेरामा तानिएका छन् । इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरि प्रहरीले अनुसन्धान थालेको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । उजुरी दर्ता भएपछि जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका इन्स्पेक्टर २३ नं.गण तनहुँमा कार्यरत हुन् । जोशी र सन्तोषी प्रेमी-प्रेमिका रहेको परिवारको दाबी छ । उनैका कारण सन्तोषीले आत्महत्या गर्नु परेको परिवारले प्रहरीमा दिएको जाहेरीमा दाबी गरिएको छ । यता सशस्त्र प्रहरीले यो घटनाको छानबिन गर्न राष्ट्रिय…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । प्रहरी प्रभाग पुल्चोकमा इन्सपेक्टर गम्भीर जङ थापाको सरुवा भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा नितेश कुमार सिंहको काज सरुवा गरिएको छ । हेर्नुस् को कहाँ गए ?

थप