काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी नवराज अधिकारीले आजबाट पदभार गरेका छन् ।
स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले ट्राफिक प्रहरीको गतिविधी सम्बन्धी प्रकाश पारे ।
पदभार सम्हाल्दै एसएसपी अधिकारीले ट्राफिक प्रहरीले गर्दै आएका काम कारबाहीलाई निरन्तरता दिदै आगामी दिनहरुमा थप उर्जाका साथ त्रुटीरहित तवरले सडक प्रयोगकर्ताको मनोभावनालाई बुझेर थप सक्रिय भई कार्य गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
Facebook Comments Box
